२९ असार २०८३, सोमबार

कांग्रेसको जरो बिग्रेको छैन, बिग्रिएको टुप्पो भाच्दियो भने सब ठीक हुन्छ : गगन थापा

कांग्रेसको जरो बिग्रेको छैन, बिग्रिएको टुप्पो भाच्दियो भने सब ठीक हुन्छ : गगन थापा
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको माथिल्लो तहमात्रै बिग्रेको बताएका छन् । सोमवार नेपाली कांग्रेस ललितपुर-२ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीका तल्लो तहका नेता कार्यकर्ता नबिग्रिएको बताए । 

नेतृत्व र पार्टी सुधार्नुको विकल्प नभएको उनको भनाइ छ । 'कांग्रेस तल्लो तहमा बिग्रेको छैन । धुरी बिग्रेको हो,' उनले भने, 'जरा बिग्रिँदा रुख ढल्छ । तर, टाउको बिग्रिँदा टिपेर फालिदिए हुन्छ । टुप्पो भाच्दियो भने सब ठीक हुन्छ ।'

थापाले आफ्नो पद धरापमा परे पनि पार्टी सुधारको अभियानमा होमिने बताए । पार्टी सुधारको काम गर्दा पद गए आफू साधारण सदस्य भएर बस्न तयार रहेको उनको भनाइ छ । 'मेरो पद गए जाओस् । सदस्य भएर सडकमा गएर बस्न परे परोस् । तर पार्टी सुधार्नुपर्छ,' उनले भने, 'पार्टी सुधार्ने हो । सकिन्छ । निरासबाट बाहर निकाल्ने हो । यस अगाडि बहुमतले गरेको निर्णय मानियो । अब मानिन्न । अब लडिन्छ ।' 

salt training

कमेन्ट गर्नुहोस्