३१ असार २०८३, बुधबार
दिनदहाडै लुटपाट

महोत्तरीमा पेस्तोल देखाएर दिउँसै बैंक लुटियो

महोत्तरीमा पेस्तोल देखाएर दिउँसै बैंक लुटियो

महोत्तरीमा दिउँसै पेस्तोल देखाएर अज्ञात समूहले बैंक लुटेका छन् । जिल्लाको महोत्तरी गाउँपालिका-२ महोत्तरीबजारस्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लका अनुसार मंगलवार मध्याह्न साढे १२ बजेतिर चार जनाको समूहले कर्मचारीलाई पेस्तोल देखाएर बैंकबाट रकम लुटेका हुन्।

बैंकले करिब ३५ लाख रुपैयाँ लुटिएको प्रारम्भिक जानकारी आएको एसपी मल्लले बताए । यकिन विवरण भने आइनसकेको उनको भनाइ छ ।

बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्