१२ असार २०८३, शुक्रबार

चालुु आर्थिक वर्षमा लक्ष्यअनुसार पुल निर्माण हुने

जेठ १६, २०८०
काठमाडौं
चालुु आर्थिक वर्षमा लक्ष्यअनुसार पुल निर्माण हुने

चालु आर्थिक वर्षमा लक्ष्यअनुसार नै पुल निर्माण सम्पन्न हुने देखिएको छ। 

चालु आवमा कुल दुई सय ८० पुल निर्माणको लक्ष्य लिइएकोमा हालसम्म दुई सय ६५ पुल बनिसकेको र धेरै पुल अन्तिम अवस्थामा रहेको विभागका महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए ।

कतिपय पुलहरू अन्तिम अवस्थामा रहेकाले तीनमा थप बजेट आएमा चालु आवमै सम्पन्न हुने उनले जानकारी दिए । उनले भने, “काम भइसकेको भए पनि भुक्तानी हुन बाँकी रहेकाले प्रगति राम्रो हुने देखिएको छ ।”

पुलका कतिपय भागको काम वर्षाको समयमा गर्न नमिल्ने हुँदा तत्काल रकम प्राप्त हुँदा मात्रै निर्माण सम्पन्न हुनसक्ने अवस्था रहेको महाशाखाले जनाएको छ । 

‘स्लाब कास्टिङ’वर्षा पहिले गर्नुपर्ने र वर्षामा गर्दा बगाउने सम्भावना रहने उनले बताए । उनले भने, “फाउन्डेसनको काम वर्षा पहिले शुरू गर्न सकिँदैन ।” 

सरकारले चालु आवमा पुल निर्माणका लागि रु १० अर्ब ६३ करोड र पुलसम्बन्धी अध्ययनका लागि रु ६० करोड विनियोजन गरेको थियो । 

संघीयता कार्यान्वयनमा आइसकेपछि स्थानीय पुल निर्माणको जिम्मेवारी स्थानीय तहको हुने भए पनि अहिलेसम्म संघीय सरकारले पुल निर्माण गर्दै आएको छ।

salt training

कमेन्ट गर्नुहोस्