११ साउन २०८३, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरण : थप तीन आरोपितको बयान

नक्कली भुटानी शरणार्थी प्रकरण : थप तीन आरोपितको बयान
फाइल फोटो

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थप तीनजना आरोपितको बयान मंगलवारबाट शुरू भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा आरोपितहरू इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन शुरू भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिइएको हो ।

इन्द्रजित राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उनलाई आज बयानका लागि लगिएको हो ।

यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान लिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्