
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको मेला/महोत्सव मूल्य अभिवृद्धि कर (भ्याट)मा अस्थायी दर्ता भएर शुरू भएको छ । पोखरामा शुरू भएको ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) एडभेन्चर मार्ट २०२३ आन्तरिक राजस्व कार्यालय पोखरामा दर्ता भएर पारदर्शी कारोबार गर्ने प्रतिवद्धतासहित शुरू भएको हो ।
पाटा सम्मेलन नेपालमा हुने र सहकार्य नेपाल पर्यटन बोर्डसँग गरिएका भए पनि कानुनअनुसार लिनुपर्ने अस्थायी प्यान नम्बर नलिइ शुरू हुन लागेको विषयमा लोकान्तरमा समाचार आएपछि आयोजकलाई दबाब परेको थियो ।
आन्तरिक राजस्व कार्यालय पोखराले समेत कानुनअनुसार अनिवार्य भ्याट दर्ता गर्नुपर्ने विषय उठाउँदै नेपाल पर्यटन बोर्डसँग जवाफ मागेको थियो ।
नेपालमा शुल्क उठाएर गरिने कुनै पनि मेला महोत्सवका लागि मूल्य अभिवृद्धि कर ऐन, २०५२ ले आन्तरिक राजस्व कार्यालयबाट अनिवार्य अस्थायी दर्ता अनुमति लिनुपर्ने व्यवस्था छ ।
यो व्यवस्थाविपरीत पर्यटन बोर्डको सहकार्यमा पाटा एड्भेञ्चर ट्राभल मार्ट गर्न खोजिएको थियो । मूल्य अभिवृद्धि कर ऐनको दफा १० (क) अनुसार अस्थायीरूपमा हुने प्रदर्शनी, मेला तथा यस्तै कारोवार गर्न मूल्य अभिवृद्धि करमा अनिवार्य रूपमा दर्ता हुनुपर्ने व्यवस्था छ । यही व्यवस्थालाई पालना गरेर पाटाले अस्थायी प्यान लिएको आन्तरिक राजस्व कार्यालय पोखराका सूचना अधिकारी गोपाल गिरिले बताए ।
बोर्डलेसमेत खर्च गरेर हुने यो कार्यक्रमको विषयमा समन्वयन गर्ने, विदेशी पाहुनलाई स्वागतसत्कारगर्नेदेखि बसोवाससम्ममा गरेर बोर्डले नै डेढ करोड रुपैयाँ खर्च गर्दै छ ।
पोखारमा शुरू भएको पाटा एड्भेञ्चर मार्टमा नेपालसहित २१ देशका दुई सय पचास भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संस्था पाटाको वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट मंगलवार देखि पोखरामा भइरहेको छ ।
सम्मेलन चार दिनसम्म चल्ने छ । सम्मेलनमा पाटाले स्वादेशी तथा विदेशी ट्राभल एजेन्सी, टूर अपरेटर्स, प्याकेज सेलर्ससहितलाई सहभागि गराएको छ । सम्मेतलमा सहभागि हुनेबाट पाटाले शुल्क उठाएको छ ।
यस्तो शुल्क कार्यक्रममा मात्रै सहभागी हुनेबाट १२० देखि १६० डलर, सम्मेनलमा सहभागि क्रेताले १७० देखि २५० डलर तिरेका छन । सम्मेलनमा प्रदर्शकको रूपमा सहभागिले भने हजारदेखि १५ सय डलरसम्म तिरेका छन् । यही शुल्क उठाएका कारण कारोवार पारदर्शी बनाउन पनि अस्थायी भ्याट लिनुपर्ने भएको हो ।
सम्मेलनले कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सघाउने अपेक्षा गरिएको छ । सम्मेलनमा विभिन्न २१ देशका अतिथि, क्रेता र बिक्रेतासहित करीब २५० जना भन्दा बढिको सहभागिता रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
सम्मेलनमा सहभागी हुन अमेरिका, बेलायत, जर्मनी, अष्ट्रेलिया, नेदरल्याण्ड, स्विटजरल्याण्ड, फिलपिन्स सिंगापुर, कोरिया, संयुक्त अरब इमिरेट, साउदी अरेबीया, भारत, पाकिस्तान, श्रीलंका, चीन, हङ्गकङ्ग, थाइल्याण्ड, ताइपेई, अजरवैजान, मलेशिया, लगाययतका देश र नेपाल गरी २१ देशका प्रतिनिधि सहभागी रहेका छन् ।
यो पनि