
मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ ।
मर्मतका यही जेठ ६ गतेदेखि बन्द गरिएको पानी सोमवार साँझदेखि काठमाडौं पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा २०७८ असारको बाढीले क्षति पुर्याएको थियो ।
हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमवारदेखि काठमाडौं पठाइएको हो ।