२२ जेठ २०८३, शुक्रबार

एनएमबि बैंक लुटपाट : कर्मचारीदेखि सेवाग्राहीसम्म छानबिनको दायरामा

१५ लाख १ हजार ४९३ रुपैयाँ मात्रै लुटपाट
एनएमबि बैंक लुटपाट : कर्मचारीदेखि सेवाग्राहीसम्म छानबिनको दायरामा

एनएमबि बैंकको महोत्तरी शाखाबाट कुल १५ लाख १ हजार ४९३ रुपैयाँ लुटिएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बैंकको अन्तिम हिसाब मिलान गर्दा कुल १५ लाख १ हजार ४९३ रुपैयाँ मात्र लुटिएको देखिएको छ ।​

महोत्तरीको महोत्तरी गाउँपालिका –२ स्थित बैंकको शाखाबाट मंगलवार झन्डै ३५ लाख रुपैयाँ लुटिएको अनुमान गरिएको थियो ।

प्रहरीले लुटेराको पहिचान गर्न तथा पक्राउ गर्नका लागि सर्च अभियान जारी राखेको उनले बताए ।

लुटेराको पहिचान हुन सकेको छैन । उनीहरू भारतीय पनि हुनसक्ने प्रहरीको अनुमान छ । चार जना अज्ञात व्यक्तिहरूले पेस्तोल देखाएर दिनदहाडै बैंक लुटेका थिए ।

‘लुटपाटमा संलग्न हुनसक्ने भन्दै बैंकका कर्मचारीहरू, स्थानीय ग्राहकदेखि विभिन्न पक्षलाई पनि छानबिनको दायरामा राखिएको छ,’ एसपी मल्लले लोकान्तर भने,’ अनुसन्धान घुँगुरिएको छ । मान्छे पक्राउ नपर्दासम्म अहिले नै केही भन्न सकिन्न ।’

salt training

कमेन्ट गर्नुहोस्