माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
जेठ १७, २०८०
दिनहुँजसो दलका शीर्ष नेताहरू विभिन्न कार्यक्रममा निस्किन्छन्, भाषण गर्छन्, यो वर्षौंदेखिको नियमित कर्म हो ।
तुइन विस्थापित नहुँदा विद्यालय हिँडेका बालबालिका नदीमा खस्ने देशका नेताहरू लाखौंको हेलिकप्टर चार्टर गरेर स–साना चिजहरू उद्घाटनमा समेत जानु सामान्य भइसकेको छ ।
बेथिति, विकृति, भ्रष्टाचार पछौटेपनविरुद्ध निर्मम हुनुपर्ने दलका नेताहरू ‘कस्मेटिक’ भाषणका ‘स्टन्ट’मा अभ्यस्त छन् । उनीहरूले नागरिकका दैनिकी र जनजीविकामा पर्याप्त सरोकार राखिरहेका छैनन् ।
नियमित देश दौडाहा गरिरहेका शीर्ष नेतालाई कुनै अधिकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहका केही जिल्ला भ्रमणले औडाहामा पारिरहेको छ ।
जेठ १५ वर्ष २०६५ मा संविधानसभाको पहिलो बैठकले ज्ञानेन्द्र शाहका सबै अधिकार कटौती गरिदियो । दुई हप्तामै (२९ जेठमा) ज्ञानेन्द्र सबै विरासत बिसाउँदै नारायणहिटीबाट सरकारले उपलब्ध गराएको नागार्जुन निवासमा सरेका थिए ।
ज्ञानेन्द्रले कुनै राजनीतिक अवसर पारेर विज्ञप्ति निकाल्ने र कहिलेकाहीँ जिल्ला भ्रमण गर्ने गरेका छन् । राजतन्त्रको कुनै अवशेष र संस्थागत भूमिका पछिल्ला १५ वर्षयता व्यवहार र अभ्यासमा छैन ।
उनी राजनीतिक दलमा आबद्ध छैनन् । शुभेच्छुक, नागरिक तह र पंक्तिमा प्रभाव पार्न सकिने सामाजिक सञ्जालको प्रयोगबाट समेत पूर्वराजा ज्ञानेन्द्र शाह टाढा छन् । तर, देश गणतन्त्रमा प्रवेश गरेको १६ औं वर्षसम्म पनि दलहरूलाई उही पुरानो राजतन्त्रको भूतले तर्साउन छाडेको छैन ।
केन्द्रदेखि वडासम्मकै सत्ताको डाडुपन्यू आलोपालो दलहरूकै हातमा रहेको छ । तर, दिनदिनै र छिनछिनै देशदौडाहा गर्ने दलहरूलाई पूर्वराजा ज्ञानेन्द्रले कहिलेकाहीँ गर्ने देश दौडाहाले तनावमा पारिरहेको छ । देशका केही मन्दिर र जिल्लामा घुम्दै फिर्दै पुगेका ज्ञानेन्द्र शाहबाट एमाले र माओवादीको शीर्ष नेतृत्व अत्तालिने गरेको उनीहरूको अभिव्यक्तिबाट पुष्टि हुन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का केही समययताका निरन्तरका भाषण उनै ज्ञानेन्द्र शाहले परिवर्तनको विरोधमा खेल्न खोजेको र अराजनीतिक गतिविधि गरेको आरोप लगाउनमा केन्द्रित छ ।
केपी ओलीले १७ वैशाखमा केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रममा आफूमाथि पूर्वी नेपालका जिल्लामा पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारबाट हमला भएको आरोप लगाएका थिए । तेह्रथुम, पाँचथर, इलाम, झापासहितका ठाउँमा आफूमाथि आक्रमण भएको उनको दाबी थियो ।
‘तपाईंहरूले अलिअलि सुन्नु पनि भएको होला । कार्यक्रममा जाँदै गर्दाखेरी बीचमा केही गुण्डा प्रवृत्तिका व्यक्तिहरू र अराजनीतिक व्यक्तिहरूले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, त्यस्ता खालका क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने, त्यस्ता खालको कुराहरू गरे,’ ओलीले भनेका थिए, ‘यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ । यो अनेकमार्फत देखिएको छ । यहाँभित्र उनीहरूले भित्रभित्र खेलाउने, जसलाई मैले छौंडा भन्ने गरेको छु । यो पूर्व दरबारियाहरूले छौंडा खेलाएर पनि अलिकति यस्तो खालको काम गरेका छन् ।’
त्यसलगत्तै फेरि ओली ज्ञानेन्द्रप्रति आक्रामक ढंगले प्रस्तुत भएका थिए ।
‘चौतर्फी ढंगले अहिले अनेक प्रकारका तत्वहरू लोकतन्त्रविरुद्ध, जनताले पाएका उपलब्धिविरुद्ध सक्रिय भएर सल्बलाउन थालेका छन्,’ ओलीले भने, ‘कोहीकोही दुलाबाट फुत्त निस्केलान् कि जस्तो गरेर मुसोले यसो बिरालो छ कि छैन भनेर दुलोबाट हेर्छ नि अनुकूल परिस्थिति आयो कि आएन भनेर हेर्दैछन् । यस्ता तत्त्वप्रति नेपाली जनता सजग बन्नुपर्छ ।’
ओली यत्तिमै सीमित भएका छैनन् । वैशाखको तेस्रो साता ग्रासरुट अभियानको कार्यक्रममा ओलीले आफूलाई भलाद्मीहरूले जिल्ला भ्रमणमा निस्कँदा ढुंगा हानेको टिप्पणी गरे ।
‘भलाद्लीहरूले ढुंगा हाने भन्न भएन तर मलाई ढुंगा हान्नेलाई भलाद्मी भन्ने त होला नि !’ ओलीले नाम नलिई फेरि ज्ञानेन्द्र शाहप्रति लक्षित गरे ।
ओलीले केही समयअघि हिमानी शाहका नाममा चलेको नक्कली फेसबूक अकाउन्टमा आएको ‘जनताले ढुंगा हानेछन्’ भन्ने विषयलाई लिएर पनि गाली गरेका थिए । ओलीले छोरी र बुहारीलाई अगाडि सारेर बढ्ता फुरफुर नगर्न पूर्व राजालाई चेतावनी दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले पनि वैशाखको तेस्रो साता काठमाडौंमा पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघको महाधिवेशनमा परिवर्तनविरोधी तत्त्वहरू सल्बलाएको आरोप लगाएका थिए ।
‘इतिहासका कुनाकर्कटमा मिल्काइएका सामन्तका छाउराहरू बाहिर आइरहेका छन् । इतिहासले फोहोर फाल्ने ठाउँमा फालिसकेकाहरू पनि उठ्ने रे, अझ पूर्वबाट रे, मेचीबाट रे,’ प्रचण्डले भनेका थिए ।
शासनसत्ताको बागडोर आफैंले चलाएर नागरिकलाई सुशासन र अमनचयनको बोध गराउन नसक्दा आरोपित दलहरूको निशाना भने कुनै कार्यकारी भूमिकामा नरहेका पूर्वराजाप्रति लक्षित देखिएको छ ।
अझ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगी प्रकरणमा प्रमुख दलकै नेता तानिन थालेपछि विषयान्तर गर्न समेत पूर्व राजाबाट व्यवस्थामाथि नै खतरा रहेका जस्ता टिप्पणी नेताहरूले गर्ने गरेका छन् ।
आफू निकटका नेता वा व्यक्ति भ्रष्टाचारजस्तो जघन्य अपराधमा जोडिएको आशंका हुँदा छानबिन गर भन्नुपर्ने हो, तर विषयान्तर गर्दै उनीहरूको तीर पूवराजाप्रति सोझिएको छ ।
गणतन्त्र आएपछि चारवटा चुनाव भइसकेर देश एउटा प्रणालीमा अघि बढिरहेको छ । केन्द्र, प्रदेश र स्थानीय ३ तहमा सरकारको अभ्यास भइरहेको छ । सत्ता र शक्तिको सबै लगाम दलहरूकै हातमा हुँदा पनि गणतन्त्रलाई पूर्वराजाबाटै खतरा छ भन्ने कुरा मान्न कांग्रेस नेता डा. शेखर कोइराला तयार छैनन् ।
ललितपुर क्षेत्र नम्बर १ को पहिलो सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस नेता डा. शेखर कोइरालाले पूर्वराजाका गतिविधिबाट नभई दलहरूबाटै गणतन्त्रमाथि खतरा रहेको बताएका छन् ।
‘राजाका गतिविधि हुनेबित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भनेर भन्छौं, तर उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरूबाटै छ,’ उनले भने ।
दलहरूले शासन गर्दा हुर्केको बेथिति, भ्रष्टाचार र अव्यवस्थाका कारण नै गणतन्त्रलाई खतरा भएको कोइरालाको भनाइ छ ।
राजतन्त्रको वकालत गर्दै आएका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले भने अर्को वर्ष गणतन्त्र दिवस मनाउन नपरोस् भन्ने कामना गरेका छन् ।
‘इतिहासका गल्तीहरूमा सबैले सबैलाई क्षमा दिऊँ । राजा, राजनीतिक दल र जनता एउटा नवीन समझदारीमा पुगौं, अन्यथा यो देश र भावी पुस्तामाथि अक्षम्य अन्याय हुनेछ । आउँदो वर्ष गणतन्त्र दिवस नआओस् !’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।
कांग्रेस युवा नेता प्रदीप पौडेल गणतन्त्र नराम्रो हो भनेर नागरिकमा असन्तुष्टि देखिनुभन्दा पनि दलका गतिविधिले निराशा थपेको बताउँछन् ।
‘गणतन्त्र नराम्रो हो, जनतालाई दुःख दियो भन्ने कोणबाट नागरिकले लिएका छैनन् । गणतन्त्र आफ्ना शासक आफैं छनोट गर्न पाउने उच्चतम लोकतान्त्रिक व्यवस्था हो,’ पौडेल भन्छन्, ‘जनताको असन्तुष्टि, विद्रोह गणतन्त्रविरुद्ध होइन, गणतन्त्रभित्र पठाएका प्रतिनिधिविरुद्ध हो । उनीहरूका गतिविधिमा हो । दलका धारणामा र राज्यका काम गराई र प्राथमिकतामा हो ।’
सत्ता र शक्तिको चरम लिप्साले आममानिसलाई निराश बनाएको भन्दै पौडेलले गणतन्त्र छ भनेर मात्र बस्नुभन्दा दलहरूले आफूलाई सच्याउनुको विकल्प नभएको बताए ।
‘हामी १६ वर्षयता गणतन्त्रमा छौं, तर दल र सरकारको कार्यशैली, प्राथमिकताबारे नागरिकमा मुख्य असन्तुष्टि छ । राजनीतिक नेतृत्वको चरम सत्तालिप्सा, धन र बलको आधार मा गरिने राजनीतिले आममानिसलाई निराश बनाएको छ,’ पौडेल भन्छन्, ‘जनतालाई आकर्षित गर्ने धारणा र कार्यक्रम ल्यानुपर्छ । जनताको मुद्दा सकारात्मक ढंगले उठाउनुपथ्र्यो । दलहरू सच्चिएनन् भने दलका ठाउँमा दल नै आउँछन् । गणतन्त्रभित्र नेतृत्व गरिरहेका मानिस र संरचना फेरिन सक्छन्, पुरानाका ठाउँमा नयाँ आउँछन् तर पूर्व राजा आउँछन् भनेर आत्तिनु पर्दैन । यसरी आत्तिनु र भाषण गर्नु भनेको आफूले काम गर्न नसक्नुको दोषारोपण र आक्रोश हो ।’
भ्रष्टाचार अन्त्य गर्ने, नागरिकलाई प्रभावकारी डेलिभरी दिने, विकास निर्माण तथा समृद्धिका लागि काम गर्ने हो भने कसैलाई दोष दिनु नपर्ने उनको भनाइ छ ।
पूर्वराजा ज्ञानेन्द्रको घुमघाम
पूर्वराजा ज्ञानेन्द्र शाह वैशाखको दोस्रो सातायता विभिन्न जिल्ला र भारतको घुमघाममा व्यस्त छन् । विभिन्न जिल्लाका शहरमा नागरिक अभिनन्दन र मन्दिर घुमघाममा व्यस्त रहँदै आएका छन् । वैशाखको तेस्रो साता ज्ञानेन्द्र नेपालगञ्जबाट भारतको लखनउ पुगेका थिए । त्यहाँ उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेको बताइन्छ । आदित्यनाथ नेपालमा हिन्दूराज्य र राजतन्त्रको पक्षमा छन् ।
उताबाट एक सातामा फर्किएपछि पछिल्लो केही समययता ज्ञानेन्द्र बाँके, कैलाली र सुर्खेतका विभिन्न कार्यक्रममा व्यस्त रहँदै आएका छन् । यी कार्यक्रममा पुग्दा ज्ञानेन्द्रले सभ्य, शान्त भाषामा दलका गतिविधिमाथि प्रश्न उठाएका छन् । तर दलहरू जस्तो गालीमा उत्रिएका छैनन् ।
‘अब हामी भन्छौं– मिलौं । हामी सबै मिलौं । त्यसैले हामी भन्दछौं– जुटौं । हामी सबै एक भएर जुटौं । त्यसैले हामी भन्दछौं– हामी नफुटौं । परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं । त्यसैले फेरि पनि भन्छौं, जुटौं, खटौं र डटौं’, सुर्खेतको कार्यक्रममा उनले भनेका थिए ।
राजाको अभियानमा उनकै परिवार जोडिएका देखिन्छन् । राप्रपा राजतन्त्र पक्षधर भएकाले उनको गतिविधिलाई समर्थन गर्दै आएको छ ।
अन्य कुनै ठूला समूह र शक्ति पूर्व राजाको पछाडि देखिँदैनन् । शिव सेना नेपाल नामक संस्थाले पनि राजतन्त्रको पक्षमा अभियान चलाउँदै आएको छ । तर जिल्ला–जिल्लामा हुँदै आएका कार्यक्रमको व्यवस्थापन पूर्वराजा आफैंले गरेको उनीनिकट फणिराज पाठक बताउँछन् ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...