
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा विवाद सहमतिमै हल गर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो बताएका हुन् ।
'चाहे सीमा विवाद होस् वा अरू सबै समस्या सहमतिमै हल गर्छौं,' मोदीले भने ।
उनले नेपाल र भारतबीचको सम्बन्ध हिमालयको उचाइमा पुर्याउन पनि निरन्तर काम गरिरहने विश्वास दिलाए ।
यसअघि दुई प्रधानमन्त्रीबीच वान टु वान र प्रतिनिधिमण्डल स्तरमा पनि भेटवार्ता भएको थियो ।