२८ जेठ २०८३, बिहीबार

यात्रुलाई दुर्व्यवहार गर्ने नेपाल एयरलाइन्सका कर्मचारीलाई कारबाही

जेठ १८, २०८०
काठमाडौं
यात्रुलाई दुर्व्यवहार गर्ने नेपाल एयरलाइन्सका कर्मचारीलाई कारबाही

यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल वायुसेवा निगमका एक कर्मचारी कारबाहीमा परेका छन् ।

जहाजको ढोकासम्म पुगेका यात्रु ठाकुरसिंह भण्डारीलाई सिस्टममा नाम नभएको भनि घर फर्काइदिने निगमका कर्मचारी गगनबहादुर चन्द कारबाहीमा परेका हुन् ।

घटनाबारे सोधपुछ गर्दा चन्दले चित्तबुझ्दो जवाफ नदिएपछि कारबाहीस्वरुप ताप्लेजुङ विमानस्थलमा सरुवा गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् । मन्त्री किरातीका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

बुधवार काठमाडौंबाट ताप्लेजुङ उडानका लागि निगमको टिकट काटी बोर्डिङ पाससमेत लिएर विमानस्थल भित्र जहाजको ढोकामा पुगेका भण्डारीलाई सिस्टममा नाम नभएको घर फर्काइएको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्