नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ ।
शहीद स्मारक 'ए' डिभिजन लिग खेलिरहेका १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।
निर्धारित तालिकाअनुसार भोलि (शुक्रवार) भने दशरथ रंगशालामा टिमको प्रशिक्षण हुने र त्यसपछि स्थगित गरिएको एन्फाले जनाएको छ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए ।
