२९ असार २०८३, सोमबार

काठमाडौंमा मोनो रेलको सट्टा २० वटा साझा बस !

कात्तिक २०, २०७४
काठमाडौंमा मोनो रेलको सट्टा २० वटा साझा बस !

काठमाडौं, २२ भदौ — काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा साझा यातायातसँगको सहकार्यमा २० वटा साझा बस थप्ने भएको छ ।

मोनो रेल र मेट्रो सञ्चालन गर्न केही समय लाग्ने भएकोले महानगरपालिकाले हालको लागि काठमाडौंमा पाँच करोड लगानीमा साझा बस थप्ने भएको हो । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने लागि साझा बस थप्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएको एक सय दिन पूरा भएको अवसर पारेर महानगरले एक कार्यक्रम आयोजना गरि हालसम्म सम्पादन भएका काम कारबाही र आउँदा दिनका लक्ष्यको बारेमा जानकारी गराएको छ ।

महानगरपालिकाले एक वर्षे, पाँच वर्षे र २० वर्षे विकास कार्ययोजना बनाएको कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए । महानगरपालिकाले काठमाडौं शरहलाई सफा र सुन्दर बनाउने लागि 'क्लिन द सिटी' नामक अभियान समेत संचालन गरेको जनाएको छ ।

साथै काठमाडौंमा बृक्षारोपण गरिएको, सोलार बत्ती जोडिएको, जेष्ठ नागरिकका लागि घरमै डाक्टर उपलब्ध गराइएको लगायतका काम सम्पन्न भएको समेत जनाएको छ ।

महानगरले काठमाडौंलाई फ्री वाइफाइ जोन बनाउने लक्ष्य सहित हाललाई बालाजु, बसन्तपुर र रत्नपार्कलाई फ्री वाइफाइ जोन बनाइसकिएको समेत जनाएको छ ।

काठमाडौंलाई स्मार्ट सिटी बनाउने लक्ष्य भएकोले स्मार्ट पार्किङ र स्मार्ट यातायातको समेत व्यवस्था गर्नको लागि प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ ।




salt training

कमेन्ट गर्नुहोस्