×

प्रचण्डको भारत भ्रमण

दिल्लीमा प्रचण्डले भने– सिधै बंगलादेश जाने बाटो दिए कालापानीबारे विकल्प सोच्न सकिन्छ !

जेठ १९, २०८०

NTC
Sarbottam
Premier Steels

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल-भारत सीमा विवाद समाधानतिर गएको बताएका छन् ।

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले दिल्लीमा शुक्रवार बिहान नेपाली सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सीमा समस्या समाधानका लागि विकल्पमा कुरा शुरू भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
shivam ISLAND

'सीमा समस्याबारे यसपटक गम्भीर कुरा भएको छ। सीमा समस्या समाधान गर्नुपर्छ भनेर हामीले मात्रै भन्थ्यौं, अहिले भारतले पनि भन्यो । भारतीय मिडियामा पनि कालापानीबारे चर्चा भएको छ,' उनले भने, 'सीमा विवादको दीर्घकालीन समाधानका लागि हामीले  विभिन्न विकल्पबारे कुरा गरेका छौं । एउटा भन्ने गरिन्छ नि बंगलादेश विकल्प, बंगलादेश र भारतबीच लामो समयदेखि समस्या थियो, तर उनीहरूले हल गरे । एउटा त्यो मोडेल हुन सक्छ ।'


Advertisment

भारतले नेपाललाई पूर्वी सीमाबाट सिधै बंगलादेश पुग्ने बाटो दिँदा कालापानी क्षेत्रको विकल्पबारे सोच्न सकिन्छ त भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले त्यो पनि एउटा विकल्प हुन सक्ने बताए ।

Vianet communication
Laxmi Bank

'हिजोबाट कालापानीबारे विकल्पहरूमा सोच्न शुरू भएको छ। विकल्पबारे सोच्न शुरू हुनु नै 'ब्रेक थ्रु' हो । बंगलादेशसम्म सिधै जाने बाटो हामीलाई चाहिएको छ भन्ने कुरा नेपालले उहिल्यैदेखि उठाइरहेको छ। त्यो हाम्रो आवश्यकता पनि हो र चाहना पनि,' उनले भने, 'त्यसबारेमा कहीँ म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ। हाम्रा विज्ञहरूको सुझाव त्यो आउने पनि गरेकै छ। त्यो पनि विकल्प हुनसक्छ। अथवा अरू विकल्प पनि हुन सक्छन् ।'

दुईपक्षीय छलफलमा ईपीजीबारे भने कुरा नभएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x