×

NMB BANK
NIC ASIA

‘हल्का रमाईलो’मा पुगे ‘वेलकम टु हेम्जाकोट’का कलाकार

जेठ १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

यही जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘वेलकम टु हेम्जाकोट’का केही कलाकार लोकप्रिय हास्य टेलिसिरियल ‘हल्का रमाईलो’मा पुगेका छन् । विगत लामो समयदेखि प्रसारण हुँदै आएको उक्त टेलिसिरियल दर्शकमाझ लोकप्रिय छ । 

Muktinath Bank

यसपटक ‘हल्का रमाईलो’का दर्शकले हेम्जाकोट फिल्मका कलाकारको विशेष प्रस्तुति हेर्न सक्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजु पौडेल र मरिचमान श्रेष्ठको लेखन तथा निर्देशन रहँदै आएको यो टेलिसिरियलमा अघिल्लो श्रृंखलाभन्दा अलिकति फरक बनाउन निर्देशकद्वय पौडेल, श्रेष्ठले नियमित कलाकार शारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, ईष्टु कार्की, उज्जवल खड्का, सबिना आचार्य, सविना गिरी लगायतसँग हेम्जाकोटका अभिनेता विनोद न्यौपाने, दिनेश खड्का, प्रेविल कंडेल, विशाल पहारी, रवि गिरीलाई पनि एकसाथ छायांकन गराएका छन् । 


Advertisment
Nabil box
Kumari

टेलिसिरियलका निर्देशक श्रेष्ठले अतिथि कलाकारहरूसँगको यसपटकको स्क्रिप्ट अलिकति फरक हुने बताए । उनले भने, –‘यो टेलिसिरियलका हाम्रा नियमित दर्शकका लागि अतिथि कलाकारहरूको नयाँ प्रस्तुति देखाउन खोजेका छौँ । आशा छ दर्शकले थप रमाइलो मान्नुहुनेछ ।’ 

Vianet communication
Laxmi Bank

अभिनेता विनोद न्यौपानेले नियमित फिल्ममा काम गरिरहेको सन्दर्भमा टेलिसिरियलमा काम गर्दा भिन्न अनुभूति भएको प्रतिक्रिया दिए । उनले टेलिसिरियलका दर्शकका लागि यसपटकको प्रस्तुति केही भिन्न हुने बताए । त्यस्तै, अग्रज कलाकार विशाल पहारीले फिल्मको प्रमोसनका लागि एकले अर्काको सम्मानार्थ अतिथि कलाकार बनाउने संस्कारको विकास भएकोमा खुसी व्यक्त गरे । त्यस्तै, उनले सिरियलको रमाइलो कन्टेन्टमा आबद्ध हुँदा छुट्टै किसिमको रमाइलो अनुभव लिएको बताए । 

अभिनेता प्रेविल कंडेलले टेलिसिरियलको काम गर्ने शैली देखेर अचम्मित भएको बताए । उनले भने, – ‘टेलिसिरियलका दर्शक छोटो–मिठो कमेडी शैलीमा कन्टेन्ट हेर्न खोज्नुहुन्छ । हामी फिल्ममा धेरै महिना काम गरेर निर्माण गर्छौ । तर, टेलिसिरियलमा एकदमै छिटो कसरी राम्रो कन्टेन्ट बनाउने भन्ने रणनीतिमा काम हुँदोरहेछ । यो मेरो लागि भिन्न अनुभव हो ।’ 

यस्तै, अभिनेता दिनेश खड्काले एउटा कलाकार व्यावसायिक बन्नका लागि सानातिना काम भन्न नहुने बताए । उनले भने, – मैले यसअघि धेरै प्रोजेक्टमा काम गरेँ । सुरुमा नाटक पनि गरेँ । फिल्म पनि गरेँ । अहिले फेरी सिरियल खेल्न यहाँ आएको छु । मलाई त कुनै किसिमको घमन्ड छैन ।’ 

सरोज पौडेलको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘वेलकम टु हेम्जाकोट’का निर्माता तेज प्रसाद दाहाल र सहायक निर्माता बाबुराम कार्की हुन् । पोखरा क्षेत्रमा खिचिएको यो फिल्म सामाजिक-कमेडी जनरामा निर्माण भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x