०८ असार २०८३, सोमबार

काठमाडौंको ठमेलमा महिलाको हत्या, एक जना पक्राउ

जेठ २४, २०८०
काठमाडौं
काठमाडौंको ठमेलमा महिलाको हत्या, एक जना पक्राउ

काठमाडौंको ठमेलमा एक महिलाको हत्या भएको छ ।

काठमाडौं महानगरपालिका २६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका ७ की २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने काभ्रेको धुलिखेल नगरपालिका १० का ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरूबीच आपसी विवादमा झगडा एवं कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रञ्जितकारलाई मंगलवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्