२३ जेठ २०८३, शनिबार

मेडिसिटी अस्पतालमा साढे दुई करोड ठगी गर्ने तीनजना पक्राउ

जेठ २४, २०८०
काठमाडौं
मेडिसिटी अस्पतालमा साढे दुई करोड ठगी गर्ने तीनजना पक्राउ

सफ्टवयरको दुरुपयोग गरेर साढे २ करोड रुपैयाँ ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी परिसर ललितपुरले नेपाल मेडिसिटी अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने दोलखा भिमेश्वर नगर पालिका ४ का ३४ वर्षीय राघव सापकोटा, ललितपुर गोदावरी नगरपालिका–११ का २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटारका ३४ वर्षीय आशिष अर्याललाई पक्राउ गरेको हो । 

उनीहरूले अस्पतालले प्रयोग गर्ने बिलिङ सफ्टवयरमा वास्तविकभन्दा कम मूल्य चढाएर अरु पैसा आफूहरूले राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्