×

NMB BANK
NIC ASIA

लुम्बिनी प्रदेशमा कस्तो आउँदैछ नीति तथा कार्यक्रम ?

बुटवल | जेठ २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेश सरकारले शुक्रवार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

Sagarmatha Cement
Muktinath Bank

असार १ गते प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने तयारीसँगै ढिलो गरी नीति कार्यक्रम ल्याउन लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार बिहान ११ बजे लुम्बिनी प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ ।  


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले रोजगारी र व्यावसायिक कृषिलाई प्राथमिकता दिने गरी नीति कार्यक्रम ल्याउन लागेको बताए । प्रदेश सरकारले १ वर्षमा उद्योग, भौतिक पूर्वाधार, विकास लगायत काममा २ लाख जनालाई रोजगारी दिने किटान गरेरै नीति कार्यक्रमको तयारी गरेको पाण्डेयको भनाइ छ ।

Vianet communication
Laxmi Bank

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएर पदबहाली गरेकै दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो कार्यकालमा कम्तीमा २ लाख नागरिकलाई रोजगारी सिर्जना गर्ने निर्णय गरेका थिए । सरकारले मुख्यमन्त्रीको निर्णयलाई कार्यान्वयन गर्ने गरी आगामी वर्षको नीति तथा कार्यक्रम बनाएको हो । 

सरकारसँग रोजगारी सिर्जना गर्ने कार्यक्रममा जोडिएर लगानी गर्ने गरी ३ विदेशी दातृ निकायले प्रस्ताव राखेको बताए । मुख्यमन्त्री चौधरी यसअघि पनि वैदेशिक अनुदान र गैरसरकारी संस्थामार्फत कार्यक्रम सञ्चालन गरिरहेका व्यक्ति हुन् । 

उनी आफैंले मुक्त कमैयाको क्षेत्रमा ‘बेस’ नामक अन्तर्राष्ट्रिय लगानीको गैरसरकारी संस्था सञ्चालन गरिरहेका छन् ।

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा अहिलेसम्मका सरकारले ल्याएका राम्रा, उपयोगी र जनतामा उपलब्धिमूलक बनेका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । कृषिमा केन्द्रित गरेर तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले ‘कृषि स्मार्ट’ कार्यक्रम ल्याएका थिए, जुन कार्यक्रम अहिले पनि निरन्तर छ । त्यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिनेछ । 

मुख्यमन्त्री ग्रामीण विकाय योजना त्यसपछिको कूलप्रसाद केसी नेतृत्वको सरकारले कटौती गरी मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ल्याएको थियो ।

शैक्षिक सुधार कार्यक्रमको उपलब्धिमूलक प्रभावकारिता नदेखिएको भन्दै आलोचना भइरहेको छ । अघिल्लो सरकारले खानेपानीको क्षेत्रमा लगानी गर्ने गरी ल्याएको ‘एक घर, एक धारा’ कार्यक्रमले पनि निरन्तरता पाउने सम्भावना छ । 

मुख्यमन्त्री चौधरीले सरकारले जनतामा उपलब्धि देखिने पुराना सबै कार्यक्रमलाई निरन्तरता दिने र बाँकी रोजगारीका अवसर सिर्जना गर्ने गरी कार्यक्रम र योजना तयारी गरिरहेको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x