×

NMB BANK
NIC ASIA

सोझासाझालाई भरिया बनाएर तस्करी

तस्करीको नयाँ ‘ट्रेन्ड’ : ‘ब्रान्ड’ समेत नचिन्नेसँग ‘आइफोन प्रो म्याक्स’ र ४ तोलामाथिको औंठी

काठमाडाैं | जेठ २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

केही दिनअगाडि ३६ वर्षीय हरेराम (नाम परिवर्तन) फ्लाई दुबईको विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए ।

Sagarmatha Cement
Muktinath Bank

करीब २ वर्ष वैदेशिक रोजगारीमा रहेका उनले हातमा ४ तोलाभन्दा माथिको औंठी लगाएका थिए । ‘आइफोन १३ प्रो म्याक्स’ फोन पनि बोकेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिबेलासम्म विदेशबाट आउनेले एउटा फोन र ५० ग्रामसम्म सुन गहना बनाएर ल्याउन पाउने व्यवस्था थियो । यद्यपि अहिले भने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने व्यवस्था छ । पहिला एउटा मात्रै फोन ल्याउने व्यवस्थालाई सरकारले अहिले २ वटासम्म ल्याउन पाउने बनाएको छ ।


Advertisment
Nabil box
Kumari

औंलाको अस्वाभाविक औंठी देखेर शंका लागेपछि विमानस्थल भन्सारका कर्मचारीले उनलाई सोधपुछ कक्षमा ल्याए । त्यसपछि सोधपुछ गर्दा उनले कानूनले नै दिएको अधिकार भन्दै झगडा गरे ।

Vianet communication
Laxmi Bank

‘सरकारले ल्याउन पाउने भने जति नै ल्याएको छु, मलाई किन रोकियो ? यसको जवाफ चाहियो, कि हामीले ल्याउन नपाउने हो ? भनेर हामीसँग झगडा नै गर्नुभयो,’ विमानस्थल भन्सारका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले भने ।

भन्सार प्रशासक पोखरेलका अनुसार उनले लगाएको कपडा, उनको बोलीचाली र उनले बोकेको मोबाइल तथा लगाएको सुन मेल खाएको थियो । उनीसँग रहेको 'आइफोन प्रो म्याक्स' र औंठीको तत्कालीन बजार मूल्य करीब ७ लाख हाराहारी थियो ।

उनले कानूनले दिएको सुविधाभित्रै रहेर सामान ल्याएका जफत गर्ने अवस्था थिएन । तर पनि ‘नेक्सस’ पत्ता लगाउन भन्सारका कर्मचारीले उनलाई सम्झाउँदै गए ।

केही कुल भएपछि कर्मचारीले सोधे– ‘तपाईंले कुन फोन ल्याउनुभएको रे ?’

हरेराम अलमलमा परे । उनले फोनबारे केही बताउन सकेनन् ।

त्यसपछि कर्मचारीले फेरि भने– ‘यसको मूल्य त २ लाख हाराहारी पर्छ नि !’

हरेरामले तत्कालै प्रतिक्रिया दिए– ‘ए होर, त्यत्रो पो पर्छ ?’

त्यसपछि उक्त सामान कसको हो भनेर सोधखोज गर्दा अरूले नै बोकाएर पठाएको जवाफ उनले दिएको प्रमुख भन्सार प्रशासक पोखरेलले लोकान्तरसँग बताए ।

‘औंठी ल्याइदिएको १० हजार र फोन ल्याइदिएको १० हजार रुपैयाँ दिएका रहेछन्,’ पोखरेलले भने ।

पछिल्लो समय वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई भरिया बनाएर नेपालमा सुन र महंगा फोनहरू तस्करी हुने गरेको पोखरेलको भनाइ छ ।

‘अहिले वैदेशिक रोजगारीमा गएकालाई सानो प्रलोभनमा पारेर सुन र मोबाइल बोकाउने गरेको पाइएको छ । यो तस्करले पठाएको सामान हो भनेर जान्दाजान्दै पनि कानूनको परिधिमा रहेर ल्याएका सामानलाई भन्सारले केही गर्न सक्दैन,’ उनले लोकान्तरसँगको कुराकानीमा भने ।

तस्करहरूले नियमकानूनबारे पूरै सिकाएर पठाउने भएकाले कतिपयले झैझगडा नै गर्ने गरेको पोखरेल बताउँछन् । ‘धेरैलाई उतैबाट सिकाएर पठाउँदा रहेछन्, त्यसकारण भन्सारले सामान्य सोधपुछ गर्दा मात्रै पनि झगडा गर्छन्,’ पोखरेलले थपे ।

भन्सारका कर्मचारीहरूका अनुसार दुबईबाट दैनिक करीब १२ सयसम्म नेपालीहरू वैदेशिक रोजगारीबाट फर्किने गरेका छन् । त्यसमा पनि दिनमा औसतमा एक सय जनाले अधिकतम सीमाबराबर सुनका गहना ल्याउने गरेका छन् ।

५० ग्राम सुनको करीब ४५ हजार भन्सार शुल्क लाग्ने भन्दै पोखरेलले यसरी सुन भित्रिँदा राज्यलाई भन्सार राजस्व घाटा लागिरहेको बताए ।

‘तस्करहरूले वैदेशिक रोजगारीबाट फर्किने कामदारलाई प्रयोग गर्दा राज्यलाई दैनिक लाखौं रुपैयाँ राजस्व घाटा भएको छ । ५० ग्राम सुनमा करीब ४५ हजार रुपैयाँ राजस्व आउँछ,’ उनले लोकान्तरसँग भने, ‘औसतमा दैनिक १०० जना व्यक्ति त्यसरी आउनुहुन्छ ।’

२०७९ साउन महिनादेखि २०८० जेठ १७ गतेसम्म भन्सार कार्यालयले १३६ वटा महंगा मोबाइलहरू बरामद गरेको छ, जसमा ५८ वटा आइफोन छन् ।

null

भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा कामदारलाई प्रयोग गरी ल्याइएको १ सय २४ किलो ६५८ ग्राम सुन बरामद भएको छ ।

यसअघि आर्थिक वर्ष २०७४/०७५ मा २० किलो ७७५ ग्राम, २०७५/०७६ मा ६९ किलो ९३१ ग्राम, ०७६/०७७ मा १४ किलो ४३२ ग्राम, २०७७/०७८ मा १३ किलो ६२७ ग्राम र २०७८/०७९ मा २० किलो ३२४ ग्राम सुन बरामद भएको थियो ।

२०७९ साउनदेखि २०८० जेठ १७ सम्मको तथ्यांक हेर्दा सुनको औंठी र आइफोन ल्याउने क्रम बढेको देखिन्छ । यो तथ्यांक अधिकतम सीमा नाघेर ल्याउनेहरूको मात्र हो ।

सरकारले दिएको सीमाभित्रै रहेर पनि ठूलो परिमाणमा मोबाइल र सुन तस्करी हुने गरेको भन्सार विभागका कर्मचारीहरू बताउँछन् । 

हेर्नुहोस्, तथ्यांक :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x