१० साउन २०८३, आइतबार
अखण्ड भारतको नक्सा प्रकरण

भारतले संसदको नक्सा नहटाउँदासम्म हाम्रो संसदमा पनि ग्रेटर नेपालको नक्सा राखौं : एमाले सांसद

जेठ २६, २०८०
काठमाडौं
भारतले संसदको नक्सा नहटाउँदासम्म हाम्रो संसदमा पनि ग्रेटर नेपालको नक्सा राखौं : एमाले सांसद
फाइल तस्बिर

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं सांसद रघुजी पन्तले भारतले संसद् भवनमा राखेको 'अखण्ड भारत'को नक्सा नहटाउँदासम्म नेपालले पनि संसदमा ग्रेटर नेपालको नक्सा राख्न प्रस्ताव गरेका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद पन्तले भारतले सांस्कृति नक्सा भनेर संसदमा राखिरहे नेपालले पनि सतजल र टिस्टा काँगडासम्मको नक्सा नेपालको संसदमा राख्नु पर्ने बताएका हुन् ।

‘हाम्रो प्रधानमन्त्रीले यहाँ आएर भन्नुभयो मैले नक्साको कुरा उठाए । हिजो भारतीय विदेशमन्त्री र प्रवक्ताले प्रष्ट के भनेका छन् भने– 'हाम्रो मित्रदेश नेपालले चित बुझाइ सक्यो’ सांसद पन्तले प्रश्न गरे, ‘नेपालले चित्त बुझाएको हो ? यदि भारतले सांस्कृतिक र ऐतिहासिक भनेर नक्सा हटाउँदैन भने सतलजसम्म पुगेको, राभी नदीसम्म पुगेको टिस्टा काँगडालाई राखेको नक्सालाई हाम्रो संसदमा टाग्दा के हुन्छ ?’ 

एमालेकै महेश बस्नेतले अखण्ड भारतको नक्सा सम्बन्धमा नेपालले कुरा बुझिसक्यो भन्ने भारतीय विदेशमन्त्री डा. एस जयशंकरको अभिव्यक्ति सम्बन्धमा संसदमा सरकारको जवाफ माग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्