२९ असार २०८३, सोमबार

निर्माण व्यवसायीको टोली मंगोलिया प्रस्थान

जेठ २७, २०८०
काठमाडौं
निर्माण व्यवसायीको टोली मंगोलिया प्रस्थान

एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४२ औं मिडटर्म बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल शुक्रवार राति मंगोलिया प्रस्थान गरेको छ ।

 नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको २२ सदस्यीय टोली मंगोलियाको राजधानी उलानबाटोरमा जेठ ३२ बाट शुरु हुने बैठकमा सहभागी हुन त्यस तर्फ प्रस्थान गरेको हो ।
नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरे लगायतले बिदाइ गरे ।  असार २ गते सम्म चल्ने बैठकमा इफाप्कामा आबद्ध १८ राष्ट्रका प्रतिनिधिहरू सहभागी हुनेछन् । 
हाल इफाप्का अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बैठकको अध्यक्षता गर्नेछन् ।  बैठकका क्रममा विभिन्न फोरममा निर्माण उद्योगमा देखिएको चुनौती र तिनको समाधान, दिगो विकासको युग लगायतका विषयमा केन्द्रीत रही विज्ञहरूबीच छलफल हुनेछ । 
साथै नेपालमा हुने ४६ औं इफाप्का सम्मेलनको तयारी बारे पनि बैठकमा परामर्श हुनेछ । मंगोलियाको राजधानी उलानबाटोर पुग्नु अघि नेपाली प्रतिनिधिमण्डलले केही दिन दक्षिण कोरियामा रहँदा छोटो अवधिमा दक्षिण कोरियाले भौतिक पूर्वाधारको क्षेत्रमा हासिल गरेको प्रगतिबारे स्थलगत अवलोकन गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्