असोज १२, २०८०
विराटनगर महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने भनेर ३ वर्षअगाडि नै पुरानो गुद्री (तरकारी तथा फलफूल बजार)को जग्गा खाली गराए पनि हालसम्म निर्माण प्रक्रिया थालिएको छैन । महानगर गौरवको आयोजना मानिएको कम्प्ल...
एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४२ औं मिडटर्म बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल शुक्रवार राति मंगोलिया प्रस्थान गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको २२ सदस्यीय टोली मंगोलियाको राजधानी उलानबाटोरमा जेठ ३२ बाट शुरु हुने बैठकमा सहभागी हुन त्यस तर्फ प्रस्थान गरेको हो ।
नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरे लगायतले बिदाइ गरे । असार २ गते सम्म चल्ने बैठकमा इफाप्कामा आबद्ध १८ राष्ट्रका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
हाल इफाप्का अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बैठकको अध्यक्षता गर्नेछन् । बैठकका क्रममा विभिन्न फोरममा निर्माण उद्योगमा देखिएको चुनौती र तिनको समाधान, दिगो विकासको युग लगायतका विषयमा केन्द्रीत रही विज्ञहरूबीच छलफल हुनेछ ।
साथै नेपालमा हुने ४६ औं इफाप्का सम्मेलनको तयारी बारे पनि बैठकमा परामर्श हुनेछ । मंगोलियाको राजधानी उलानबाटोर पुग्नु अघि नेपाली प्रतिनिधिमण्डलले केही दिन दक्षिण कोरियामा रहँदा छोटो अवधिमा दक्षिण कोरियाले भौतिक पूर्वाधारको क्षेत्रमा हासिल गरेको प्रगतिबारे स्थलगत अवलोकन गर्नेछ ।
विराटनगर महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने भनेर ३ वर्षअगाडि नै पुरानो गुद्री (तरकारी तथा फलफूल बजार)को जग्गा खाली गराए पनि हालसम्म निर्माण प्रक्रिया थालिएको छैन । महानगर गौरवको आयोजना मानिएको कम्प्ल...
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा जम्मा २ अर्ब ६० करोड रूपैयाँ मात्र आन्तरिक आम्दानी गर्यो । प्रदेशको आय तथा व्ययको हिसाबकिताब राख्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय लुम्बिनीको तथ्यांकअनु...
छन्दू– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रच...
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पहिलो कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै आयोजित कार्यक्रम धुलिखेलको ...
ग्लोबल आईएमई बैंक लिमिटेडले गुल्मीकोे मुसीकोटमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नम्बर ५ इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । उक्त एक्सटेन्सन का...
नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलप...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...