२५ जेठ २०८३, सोमबार

हिरासत फोडेर भागेका थुनुवा साढे ४ महिनापछि पक्राउ

जेठ २७, २०८०
धनुषा
हिरासत फोडेर भागेका थुनुवा साढे ४ महिनापछि पक्राउ

प्रहरी हिरासत फोडेर भागेका एक थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयाका २५ वर्षीय रोशन यादव छन् । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर हिरासतबाट भागेका उनलाई प्रहरीले साढे ४ महिनापछि पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा उनलाई आज बिहान साढे १० बजे महोत्तरीको औरही बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत माघ १५ गते राति हिरासत फोडेर यादवसहित ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये पाँच जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्