×

NMB BANK
NIC ASIA

धरहराको शिलालेख गायब

कसले निकाल्यो ओलीको नाम उल्लिखित धरहराको शिलालेख ? [भिडियो स्टोरी]

काठमाडाैं | जेठ २८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्पदा धरहरा उद्घाटन गरेको दुईवर्ष भयो । २०७८ वैशाख ११ गते ओलीले धरहरा उद्घाटन गरेका थिए । आफ्नै पार्टीभित्रको तीव्र असन्तुष्टिका कारण सत्ताविमुख हुने बेला ओलीले हतारहतार धरहरा उद्घाटन गरेका थिए । 

Muktinath Bank

त्यसरी हतारमा धरहरा उद्घाटन गर्नुको कारण उनैलाई थाहा होला । तर, काम देखाउने र धरहराको शिलालेखमा दीर्घकालसम्म आफ्नो नाम रहने लालसाले पनि काम गरेको हुनसक्छ किनकि भौतिक संरचनाको ३० प्रतिशत काम नसकिँदै उद्घाटन गर्ने उनको हतारोले यस्तै संकेत गर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दीर्घकालसम्म शिलालेखमा नाम राख्ने उनको लालसामा निर्माण कम्पनी बाधक बनेको छ । अहिले शिलालेख गायब छ । बढो तामझामका साथ उद्घाटित शिलालेख निर्माण कम्पनीले नै उखेलिदिएको हो । 


Advertisment
Nabil box
Kumari

शिलालेख निकालिएको स्थान

Vianet communication
Laxmi Bank

निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीले काम गर्न कठिनाइ भएको भन्दै शिलालेख हटाएको हो । ‘काम गर्न अप्ठ्यारो भएपछि शिलालेख हटाइएको हो,’ निर्माण कम्पनीका एक अधिकारीले भने ।

यता आयोजनाको समन्वय गरिरहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भने शिलालेख हटाएकोबारे अनभिज्ञता प्रकट गरेको छ । इकाइका आयोजना निर्देशक कोषनाथ आधिकारीले निर्माण कम्पनीसँग यसबारे बुझिरहेको बताए । 

‘शिलालेख किन हटाएको हो भन्नेबारे निर्माण कम्पनीसँग बुझिरहेको छु’ निर्देशक अधिकारीले भने, ‘शिलालेख हटाउनुपर्ने कारण मैले देखेको छैन ।’ 

शिलालेख अनावरण गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली | तस्वीर : पुनर्निर्माण प्राधिकरण

हुन् त काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह हाल निर्माण भएको संरचनालाई धरहरा भन्न तयार छैनन् । उनले त्यसलाई ‘सेतो टावर’को संज्ञा दिने गरेका छन् । भूकम्पले भत्काएको भीमसेन स्तम्भलाई उनले धरहरा मान्दै आएका छन् । 

बालेनले नै शिलालेख हटाएको हुन सक्ने कतिपयले आशंका गर्छन् । तर, निर्देशक अधिकारीले भने ‘बालेनलाई शिलालेख हटाउने अधिकार नभएको’ बताए । ‘यो निर्माण कम्पनीसँगै सम्बन्धित विषय हो,’ लोकान्तरसँग उनले भने । 

पुनर्निर्माण प्राधिकरण विघटन भएपछि अहिले भूकम्पबाट क्षति पुगेका संरचना निर्माणको काम शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको यही इकाइले सम्हालेको छ । 

इकाइका अनुसार धरहराको बाँकी काम मंसिरसम्म सम्पन्न गर्ने तयारी छ ।  

‘धरहराको जमिनमुनि काम भइरहेको छ,’ निर्देशक अधिकारीले भने, ‘मंसिरसम्म काम सम्पन्न गर्ने लक्ष्य छ ।’ धरहराको भित्री संरचनाको काम सकिएको छैन, तीनतले भूमिगत पार्किङ निर्माणको काम अघि बढेको छैन, टक्सारसम्बन्धी संग्रहालय, युटिलिटी ब्लक, विश्रामस्थल लगायतको संरचना निर्माणको कामले तीब्रता नपाउँदा मंसिरसम्म आयोजना निर्माण हुनेमा आशंका छ ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x