×

NMB BANK
NIC ASIA

अनलाइन बेटिङको जालो

‘पिन्टु’ भेटिएपछि खुल्यो ‘अनलाइन बेटिङ’को रहस्य, नेपालमै सीए राखेर पौने अर्ब कारोबार

काठमाडाैं | जेठ ३१, २०८०

NTC
Premier Steels

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ‘वान एक्स बेट’मार्फत अनलाइन सट्टेबाजी गराउने गिरोहका ५ जना एजेन्टलाई पक्राउ गरेको छ । 

Muktinath Bank

जेठ ३० गते उपत्यकाका मैजुबहाल, पेप्सीकोला, ठिमी र सानोभर्‍याङबाट ५ जनालाई पक्राउ गरिएको प्रहरीले बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेकामध्ये कैलालीको लम्कीचुहा नगरपालिका– १० का २९ वर्षीय दिनेश खड्काले अनलाइन बेटिङमा ६५ करोड ७७ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ । दिनेशकी श्रीमती काभ्रेको पाँचखाल नगरपालिका– ४ की २८ वर्षीया अनिता धिताललाई पनि प्रहरीले पक्राउ गरेको छ ।


Advertisment
Nabil box
Kumari

प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ४ का २७ वर्षीय दीपेश श्रेष्ठलाई पनि पक्राउ गरेको छ । उनले ५ करोड ५४ लाख ६६ हजार रुपैयाँ कारोबार गरेको देखिएको छ ।

Vianet communication

null

५४ लाख रुपैयाँ कारोबार देखिएका कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का दिनेश चन्द र २ करोड ९८ लाख ९६ हजार कारोबार देखिएका २४ वर्षीय आशिष लामिछानेलाई पनि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए ।

प्रहरीका अनुसार खड्का दम्पतीले विभिन्न अनलाइन गेम खेलाएर गरेर पैसा ट्रान्सफर गर्ने गरेका थिए । उनीहरूले रेड्डी एपमा किट्टु ग्रुप सञ्चालन गरेर कारोबार समेत गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले क्रिप्टो करेन्सीको कारोबार समेत गरेको पाइएको छ ।

पक्राउ परेकाहरूले फरक–फरक सीमकार्ड प्रयोग गरी कनेक्ट आईपीएसमार्फत वान एक्स बेटका एजेन्टहरूलाई पैसा पठाउने गरेको खुलेको प्रहरीले जानकारी दियो ।

खड्का दम्पती अनलाइनमार्फत सट्टेबाजी गराउने ‘मास्टर एजेन्ट’ रहेको प्रहरीले जनाएको छ । 

null

यस्तै दीपेश श्रेष्ठले पनि सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत विभिन्न गेम्लिङका ग्राहक भेरिफाइ गर्ने, उनीहरूबाट पैसा लिने र त्यसबाट क्रिप्टोकरेन्सी किन्ने गरेका थिए ।

एसएसपी डा. केसीका अनुसार उनी वान एक्स बेट कम्पनीका लागि नेपालका मुख्य एजेन्टमध्ये एक हुन् । उनलाई प्रहरीले लामो समयदेखि खोजिरहेको थियो ।

श्रेष्ठले ‘पिन्टु’, ‘डा. रामदिलास थारू’लगायतका नाम प्रयोग गर्दै आएका थिए । लामो समयदेखि खोजीमा रहेका उनको वास्तविक नाम पहिचान भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

null

‘पिन्टु नाम गरेका व्यक्ति वान एक्स बेटसँग जोडिएको मुख्य एजेन्टका रूपमा हाम्रो खोजी सूचीमा थिए,’ एसएपी केसीले भने, ‘उनी छद्म नाम राखेर लुक्दै आएका रहेछन् ।’

ठूला एजेन्टमध्येका अर्का एक दिनेश चन्दले पनि ४५ लाख बराबरको कारोबार गरेको प्रमाण भेटिएको प्रहरीले जनाएको छ ।

आशिष लामिछाने भने भारतमा चार्टर्ड एकाउन्टेन्ट पढेर आएका हुन् । उनले वान एक्स वेटका नेपाली एजेन्टहरूको हिसाबकिताब राख्दै आएको तथ्य खुलेको प्रहरीले जनाएको छ ।

null

प्रहरीले उनको साथबाट ३७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ । 

प्रहरीको अनुसन्धानमा लामिछानेले विदेशमा रहेकाहरूको ‘फेसबूक अकाउन्ट ह्यान्डलिङ’ गरेर कारोबार गर्दै आएको खुलेको छ ।

उनले नेपाली एजेन्टहरूसँग पैसा संकलन गर्ने र जम्मा भएको रकम तथा हिसाबकिताब ‘अमेरिकन गेम्लिङ एजेन्ट’का परिवारलाई पठाउने गरेको खुलेको एसएसपी केसीले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका ५ जनाले ७४ करोड १३ लाख ५० हजार रुपैयाँ बराबर कारोबार गरेको देखिएको छ । उनीहरूले अनलाइनमार्फत गरेको कारोबारको 'स्क्रिन शट'लगायतका प्रमाणहरू फेला पारेको प्रहरीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x