२८ असार २०८३, आइतबार

श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु

जेठ ३२, २०८०
काठमाडौं
श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु

काभ्रेपलाञ्चोकमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

घरायसी झगडामा यही जेठ २९ गते काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ११ की वडा सदस्य ज्ञानी विक गम्भीर घाइते भएकी थिइन् ।

श्रीमान् शम्भु विकले कुटपिट गर्दा गम्भीर घाइते भएकी ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

परीक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो । 

उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्