
प्रतिबन्धित अनलाइन बेटिङ गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’सहित ८ जना रहेका छन् ।
अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेकाहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गर्ने गरेका थिए ।
युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै उनीहरूले विज्ञापन गर्ने गरेका थिए ।
युट्युबमार्फत विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गरिएको भन्दै कार्यालयले अपरेसन शुरु गरेको थियो ।
प्रहरीको अपरेसन अन्तरगत बुधवारमात्रै पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।