०२ साउन २०८३, शनिबार

पायल्स, फिसर र फिस्टुलाको शल्यक्रियामा सहज, नर्भिकमा शुरु भयो अत्याधुनिक उपचार पद्धति

जेठ ३२, २०८०
काठमाडौं
पायल्स, फिसर र फिस्टुलाको शल्यक्रियामा सहज, नर्भिकमा शुरु भयो अत्याधुनिक उपचार पद्धति

नर्भिक इन्टरनेशनल हस्पिटलले पायल्स, फिसर र फिस्टुलाको नयाँ उपचार पद्धति शुरु गरेको छ ।

लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि ‘लेजर इन प्रोक्टोलोजी’को शुरुवात गरेसँगै अब चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यताको अन्त्य भएको नर्भिकले जनाएको छ ।

अस्पतालका जनरल जीआई सर्जन(ग्यास्ट्रो इन्टेस्टाइन सर्जन) डा. प्रकाश चौधरी र डा. सञ्जय पौडेल लगायतको जीआई सर्जरी टिमले नर्भिकमा पनि ‘लेजर इन प्रोक्टोलोजी’ प्रविधिबाट उपचार सेवाको थालनी गरेको हो ।

दुई दिनअघि धनगढीबाट अस्पतालमा भर्ना भएका एक ३८ वर्षीय बिरामीको निकै पुरानो पायल्सको लेजर प्रविधिबाट सफलतापूर्वक उपचार भएको डा. चौधरीले जानकारी दिए ।

उनका अनुसार यो प्रविधिबाट उपचार गर्दा बिरामीलाई पूरै बेहास् बनाइरहनुपर्दैन । ‘पहिला–पहिला हामी पायल्स, फिसर र फिस्टुलाका जटिल समस्याहरुको ओपन सर्जरी गरेर उपचार गर्ने गथ्र्यौ । अब भने त्यो बाध्यता हटेको छ ।’ डा. चौधरीले भने–‘नयाँ प्रविधि र डिभाइसको मद्दतले लेजरबाट एनर्जी फ्लो गरेर एनलमा हुने डल्लोको रगत सुकाउने काम गरिन्छ । लेजर डिभाइसले एनर्जी फाल्छ र त्यसले डल्लोलाई सुकाउने तथा स्रिंक गराएपछि नर्मल अवस्था बन्छ ।’ 

यो अत्याधुनिक प्रविधिबाट उपचार गराउँदा बिरामीलाई धेरै हस्पिटलमा बस्नुपर्ने बाध्यता पनि हुँदैन । ‘लेजरबाट गर्दा सर्जरी सुचर लगाउनुपरेन, काट्नु परेन ।’ डा. चौधरीले थपे–‘काटेपछि दाग हुन्थ्यो, लेजरबाट गर्दा दाग नदेखिने भयो । लेजरबाट गर्दा रगत पनि कम बग्छ ।’

उनकाअनुसार हस्पिटल आएर लेजर प्रविधिबाट उपचार गराएको ३–४ घण्टाभित्रै बिरामीलाई घर जान दिन सकिन्छ । ‘ओपन सर्जरीबाट गर्दा २ दिनसम्म हस्पिटल बस्नुपर्थ्यो ।’ उनले भने–‘यो प्रविधि कस्ट इफेक्टिभ पनि हुन्छ । ओपन सर्जरी गर्दा हस्पिटल बसाई लामो हुनसक्थ्यो, तर लेजरबाट हुने सर्जरीमा भने हस्पिटल बस्दा हुने खर्च जोगिने भयो । यसरी सोच्दा बिरामीलाई सजिलो भयो । लेजरबाट सर्जरी गरिसकेपछि डाक्टरकहाँ फलोअपमा पनि धेरै आइरहनु पर्दैन ।’

डा. चौधरीकाअनुसार नेपालका लागि ‘लेजर इन प्रोक्टोलोजी’ नयाँ उपचार पद्धति र प्रविधि हो । डा. चौधरीले लेजर प्रोक्टोलोजीसम्बन्धी विशेष क्लिनिकल तालिम भारतबाट लिएका छन् ।

मेडिकलको भाषामा गुदद्वार र मलाशयसँग सम्बन्धित चिकित्सा विज्ञानलाई प्रोक्टोलोजी भनिन्छ । यी क्षेत्रमा विशेषगरी मानिसलाई पायल्स, फिसर, फिस्टुलालगायतका समस्या भइरहेको हुन्छ ।

यस्ता स्वास्थ्य समस्याको समयमै निराकरण भएन भने ठूलै सर्जरीसम्म गर्नुपर्ने हुन्छ । तर अब नर्भिक अस्पतालमा लेजर प्रविधिबाट सहजै पायल्स, फिसर र फिस्टुलाको सर्जरी हुनेछ । गुदद्वार र मलाशयमा रगत आउने, मासुको डल्लो हुने, डल्लो बाहिर आउने र समस्या बढ्दै गएपछि मासुको डल्लो निकै क्रोनिक बन्नेलगायतका समस्या हुँदा सचेत बन्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

salt training

कमेन्ट गर्नुहोस्