३० असार २०८३, मंगलबार

श्रीलङ्कामा ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट

जेठ ३२, २०८०
काठमाडौं
श्रीलङ्कामा ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट

श्रीलङ्काका अधिकारीहरूले बिहीबार ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीलङ्काको भन्सारले विगत दुई वर्षमा यस्ता थुप्रै तस्करी प्रयासहरूलाई विफल पारेर निषेधित वस्तुहरू जफत गरेको जनाएको छ ।
अर्थ राज्यमन्त्री रञ्जित सियाम्बालापिटियालाई उद्धृत गर्दै स्रोतले अवैध रुपमा पैठारी भएको चुरोटको मूल्य १५ अर्ब रुपैयाँ (४ करोड ८६ लाख अमेरिकी डलर) रहेको बताए ।
सियाम्बलापिटियाले श्रीलङ्काको भन्सारले नष्ट गरेको  चुरोटको सबैभन्दा ठूलो परिमाण भएको बताउँनु भएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्