०४ साउन २०८३, सोमबार

प्रस्तावित प्रन्या कार्कीको जवाफ : आरोप लगाएर बदनाम गर्ने कार्य स्वीकार्य हुँदैन

असार १, २०८०
काठमाडौं
प्रस्तावित प्रन्या कार्कीको जवाफ : आरोप लगाएर बदनाम गर्ने कार्य स्वीकार्य हुँदैन

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समितिको बैठकमा भइरहेको प्रश्नोत्तरमा आरोप लगाएर बदनाम गर्ने कार्य स्वीकार्य नहुने जवाफ दिएका छन् ।

सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा कार्कीले फैसलाको विश्लेषणात्मक आलोचना गर्न आग्रह गरे ।

उनले भने, ‘म कतिपय प्रश्नको उत्तर यहाँ दिन सक्दिनँ । कतिपय फैसलाप्रति लक्षित गरेर आलोचना गरिएको प्रश्नको उत्तर दिन सकिँदैन । हाम्रा फैसलाको विश्लेषणात्मक आलोचना गर्नुपर्छ, विधिशास्त्रको अध्ययन, दर्शन सिद्धान्त र मूल्य मान्यतामा हुनुपर्छ । आरोप लगाएर बदनाम गर्ने कार्य स्वीकार्य हुँदैन ।’

सुनुवाइ समितिमाथि नै प्रश्न गरिएको सन्दर्भमा उनले त्यो आफ्नो धारणा नभएको स्पष्ट पारे । उनले भने, ‘मेरै नेतृत्वमा गठित समितिको प्रतिवेदनमा संसदीय सुनुवाइ समितिको बारेमा प्रश्न आएको थियो । त्यही कुरा मैले यहाँ राखेको हो । मेरो आफ्नो कुरा होइन त्यो । संवैधानिक परिषद्, न्याय परिषद्को संरचना नै परिवर्तन गर्ने हो कि संविधान नै संशोधन गर्ने हो कि भन्ने कुरा आएकाले त्यहाँ राखिएको हो, मेरो आफ्नो धारणा होइन ।’

salt training

कमेन्ट गर्नुहोस्