०७ साउन २०८३, बिहीबार

सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोड ५९ लाखको बजेट

सांसदलाई तीन करोड रुपैयाँ
असार १, २०८०
काठमाडौं
सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोड ५९ लाखको बजेट

सुदूरपश्चिम प्रदेश सरकारले ९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा पूँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात् ५८ दशमलव १६ प्रतिशत र चालूतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात् ३२ दशमलव ७९ प्रतिशत विनियोजन गरिएको छ ।​

सुदूरपश्चिम सरकारले आगामी सांसद कोष भनिने प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत हरेक निर्वाचन क्षेत्रका सांसदलाई तीन करोड रुपैयाँ विनियोज गरेको छ ।

यस्तै, भौतिक पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । सडक पूर्वाधार, उर्जा, सिँचाई तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाइ, आवास शहरी विकास तथा भवन निर्माण र यातायात व्यवस्था क्षेत्रमा १२ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्