३० जेठ २०८३, शनिबार

फिल्म ‘आदिपुरुष’ भारतमै विवादित, प्रतिबन्ध लगाउन माग गर्दै अदालत पुग्यो मुद्दा

असार २, २०८०
काठमाडौं
फिल्म ‘आदिपुरुष’ भारतमै विवादित, प्रतिबन्ध लगाउन माग गर्दै अदालत पुग्यो मुद्दा

नेपाली विभूति सीताको बारेमा विवादित वाक्यांश राखेकोमा नेपालमा आलोचना भइरहेको फिल्म ‘आदिपुरुष’ भारतमै पनि विवादित बनेको छ ।

ऐतिहासिक र पौराणिक तथ्यमा छेडछाड गरिएको भन्दै फिल्मको आलोचना भइरहेको छ । बाहुबली प्रभासको बहुप्रतिक्षित फिल्म आदिपुरुष शुक्रवार रिलिज भएको हो ।

फिल्मको प्रस्तुतिले हिन्दू भावनामाथि ठेस पुर्‍याएको आरोप लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मविरुद्ध अदालतमा मुद्दा समेत परेको छ ।

फिल्ममाथि प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा रिट दायर भएको छ । हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले रिट दायर गरेका हुन् । फिल्ममा भगवान् श्रीराम र रामायणको मजाक गरिएको आरोप छ । फिल्मले हिन्दू संस्कृतिमाथि पनि प्रहार गरेकाले सीता, राम र हनुमानसँग सम्बन्धित कतिपय दृश्य हटाउन माग गरिएको छ ।

‘जानकी भारत की बेटी है’ वाक्यांशलाई हटाउनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले काठमाडौंमा फिल्ममाथि रोक लगाएका छन् । फिल्म रिलिज हुनुअघि पनि पटक–पटक विवादमा गर्दै आएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्