२८ असार २०८३, आइतबार
उमेर हद हटाउने निर्णय

ओलीको प्रश्न- घरमा बसेर उमेर हद हटाइयो भन्ने ? महाधिवेशनमा चुनाव लडेर अध्यक्ष-महासचिव हुनुस् न

असार २, २०८०
काठमाडौं
ओलीको प्रश्न- घरमा बसेर उमेर हद हटाइयो भन्ने ? महाधिवेशनमा चुनाव लडेर अध्यक्ष-महासचिव हुनुस् न

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले ७० वर्षे उमेरहद हटाउने निर्णय गर्नु परेको प्रष्टीकरण दिएका छन् । 

७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएपछि उमेर हद हटाउने निर्णय गर्नु परेको ओलीले बताए ।

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चीनलगायत दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको उमेर हद हटाउने निर्णय एमालेले गर्दा विरोध गर्न आवश्यक नभएको बताए । 

उनले केहीले पार्टीको निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोपसमेत लगाए । काम गर्न सक्छन् भने ७० वर्ष कटेकाहरूलाई पार्टीभित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको ओलीको तर्क थियो । 

‘७० वर्षे उमेर हद दुनियाँमा कहीँ छैन । हामीले राखेका थियौं । उपयुक्त भएन । त्यस कारण हटाउने भन्यौं,' उनले भने, 'फेरि साथीहरू किन ७० हटाउने भन्छन् ? ए बाबा आउँदो महाधिवेशनमा चुनाव लडनुस् । कसलाई मन लाग्छ अध्यक्ष, उपाध्यक्ष, महासचिव हुनुस् । अनि किन आपत्ति जनाएको ? दौडिनुस् । घरमा बसेर ७० वर्ष किन हटाइयो भन्ने ?’

ओलीले २०८४ सालको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने मिसन लिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्