
अविरल वर्षापछि आएको बाढीले पाँचथरस्थित मेची राजमार्गको एक पक्की पुल बगाएको छ । राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलामा अविरल वर्षापछि आएको बाढीले पुल बगाएको प्रहरीको भनाइ छ । जसका कारण मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ताप्लेजुङ, झापासमेत जोड्ने मेची राजमार्ग सडक खण्ड अवरुद्ध भएको हुँदा आम सर्वसाधारणलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
साथै तमोर करीडोरका विभिन्न स्थानहरूमा सडक अवरुद्ध भएको पनि प्रहरीले जनाएको छ ।