२३ जेठ २०८३, शनिबार

ताप्लेजुङमा एकै परिवारका ३ सहित ४ जना बेपत्ता, अविरल वर्षका कारण उद्धार कार्यमा समस्या

असार ३, २०८०
विराटनगर
ताप्लेजुङमा एकै परिवारका ३ सहित ४ जना बेपत्ता, अविरल वर्षका कारण उद्धार कार्यमा समस्या

पहिरोमा परी ताप्लेजुङमा एकै घरका ३ जनासहित ४ जना बेपत्ता भएका छन् ।

सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा एकै घरका ३ जना र अर्का १ जना बेपत्ता भएका हुन् । मेहेलेको भालुुखोपमा गएको पहिरोमा परी स्थानीय यादव बुढाक्षेत्रीकी पत्नी भगिमाया बुडाक्षेत्री, बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्वल बुढाक्षेत्री बेपत्ता भएका छन् ।

यादव घरबाहिर थिए । भालुखोपकै पहिरोमा परी स्थानीय गणेश तामाङ बेपत्ता भएका छन् ।

बेपत्ताहरूको खोजी तथा उद्धारका लागि जनशक्ति परिचालन गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोमादेवी चेम्जोङले बताइन् । उनले अविरल वर्षाका कारण उद्धार कार्यमा समस्या भएको बताएकी छन् । 

मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा रहेको मोटरेबल पुल बगाउँदा ताप्लेजुङ जिल्लाको तराईका जिल्लासँगको सडक सम्पर्क अवरुद्ध भएको  ताप्लेजुङका प्रहरी प्रमुख (डीएसपी) राजन लिम्बूले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्