×

NMB BANK
NIC ASIA

वान एक्स बेट प्रकरण : नेपालस्थित मुख्य एजेन्टसम्म पुग्न सकेन प्रहरी !

काठमाडाैं | असार ५, २०८०

NTC
Premier Steels

वान एक्स बेटमार्फत चलेको अनलाइन सट्टेबाजी धन्दामा प्रहरी नेपालस्थित उक्त धन्दाको मुख्य एजेन्टसम्म पुग्न सकेको छैन ।

Muktinath Bank

जेठ ३१ गते केही आरोपीलाई पक्राउ गरेपछि आयोजित पत्रकार सम्मेलनमा अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनोज केसीले अझै माथिका एजेन्टहरूलाई पक्राउ गर्ने बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले अहिले मुख्य–मुख्य एजेन्टहरूलाई पक्राउ गरेका छौं । यो भन्दा माथि भएका एजेन्टलाई छिट्टै पक्राउ गर्छौं,’ एसएसपी केसीले पत्रकार सम्मेलनमा भनेका थिए । 


Advertisment
Nabil box
Kumari

पक्राउ परेकामध्ये कैलालीको लम्कीचुहा नगरपालिका– १० का २९ वर्षीय दिनेश खड्काले ६५ करोड ७७ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार गरेको र उनी मुख्यमध्येका एक एजेन्ट रहेको प्रहरीले बताएको थियो ।

Vianet communication

२ करोड ९८ लाख ९६ हजार कारोबार देखिएका २४ वर्षीय आशिष लामिछानेले एकाउन्टेनको रूपमा काम गर्ने भएकाले उनी पनि ठूलामध्येको एक एजेन्ट भएको प्रहरीको दाबी थियो ।

प्रहरीले दिनेशकी श्रीमती काभ्रेको पाँचखाल नगरपालिका– ४ की २८ वर्षीया अनिता धिताल र भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ४ का २७ वर्षीय दीपेश श्रेष्ठलाई पनि पक्राउ गरेको थियो । 

श्रेष्ठले ५ करोड ५४ लाख ६६ हजार रुपैयाँ कारोबार गरेको देखिएको प्रहरीले जनाएको थियो । 

५४ लाख रुपैयाँ कारोबार देखिएका कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का दिनेश चन्दलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको थियो ।

५ जनाले ७४ करोड १३ लाख ५० हजार रुपैयाँ बराबर कारोबार गरेको देखिएको प्रहरीले दाबी गरेको थियो । 

उनीहरूभन्दा माथि रहेका एजेन्टलाई पक्राउ गर्ने दाबी गरेको अपराध अनुसन्धान कार्यालयले अहिले भने उनीहरूभन्दा माथिल्लो एजेन्ट नदेखिएको बताएको छ ।

‘हामीले टप एजेन्टलाई पक्राउ गरेर सार्वजनिक गरेका छौं । त्यसभन्दा माथि को–को छन् भनेर खोजिरहेका छौं, तर अहिलेसम्म त्यस्तो देखिएको छैन,’ एसएसपी केसीले भने ।

उनका अनुसार प्रहरी अब स–साना कारोबार गर्ने एजेन्टहरूलाई पनि पक्राउ गर्नेतर्फ लागेको छ । तर, साना एजेन्ट कति छन् र खेल्ने कति छन् भन्ने यकिन तथ्यांक पनि प्रहरीसँग छैन ।

‘खेल्ने र खेलाउने कति छन् भन्न सकिने अवस्था छैन । यो ठूलो समूहमा छ । वान एक्स बेटको माथिल्लो निकायमा हाम्रो पहुँच पनि छैन,’ एसएसपी केसीले भने, ‘किनकि यो जुन देशबाट सञ्चालन भएको छ त्यो देशमा कानूनीरूपमा मान्यता पाएको छ, हामीले माग्दा तथ्याङ्क दिने अवस्था हुँदैन ।’

प्रहरीले वान एक्स बेट खेलाउने र खेल्ने कतिपयलाई निगरानीमा राखेको छ । उनीहरूको प्रमाण फेला नपारेका कारण पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । 

‘कतिपय व्यक्तिलाई हामीले निगरानीमा राखेका छौं, तर उनीहरूविरुद्ध बलिया प्रमाण नभेटिएकाले पक्राउ गर्न सकेका छैनौं,’ एसएसपी केसीले लोकान्तरसँग भने । 

प्रहरीले ५ जनालाई सार्वजनिक गरेको अर्को दिन अर्थात जेठ ३२ गते ५ जना कलाकारसहित ८ जनलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

मरिचमान श्रेष्ठ (बल्छी धुब्रे)सहित वान एक्स बेटको ‘प्रामो कोड’ प्रयोग गर्न विज्ञापन गरेको आरोपमा पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), एलिस राई, जलन घर्ती मगर, गणेश देवकोटा, सरोज घिमिरे (ढेडु बुढो) र बेगम नेपाली (भटभटे माइला) रहेका थिए ।

उनीहरूले विज्ञापन र 'प्रोमो कोड'बापत २ लाखदेखि ४० लाख रुपैयाँसम्म बुझेको पाइएको प्रहरीले जनाएको छ । अदालतबाट ६ दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x