२१ जेठ २०८३, बिहीबार

अहिले ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता छैनः ज्ञानेन्द्र कार्की

असार ५, २०८०
काठमाडौं
अहिले ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता छैनः ज्ञानेन्द्र कार्की
फाइल तस्बिर

सत्तारूढ नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता नभएको बताएका छन् । 

मंगलवार प्रतिनिधिसभा बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षक माथिको छलफलमा भाग लिँदै उनले देशको कुनै एउटा ठाउँमा भए पनि ऐतिहासिक हरित र सांस्कृतिक सहर निर्माण गर्ने काममा ध्यान दिन सरकारलाई सुझाव दिए । 

उनले गरीब आवास कार्यक्रमलाई झारा टार्ने ढंगले अघि नबढाउन पनि सरकारलाई सचेत गराए । 

गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा सरकारको ध्यान जानुपर्ने सांसद कार्कीको भनाइ थियो । ‘अहिले गाउँलाई सहर बनाउने होइन । गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा पनि मन्त्रालयको ध्यान जान जरुरी छ,' उनले भने, 'अहिले भ्यूटावर, ठूल्ठूला सिटी हलको अहिले आवश्यक्ता छैन ।’

सांसद कार्कीले स्वच्छ खानेपानी पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

salt training

कमेन्ट गर्नुहोस्