२१ जेठ २०८३, बिहीबार

पूर्वमा बाढी–पहिरो : राहत, खोज तथा उद्धार जारी

असार ६, २०८०
काठमाडौं
पूर्वमा बाढी–पहिरो : राहत, खोज तथा उद्धार जारी

नेपाली सेनाले ताप्लेजुङ, पाँचथर र संखुवासभाको बाढी–पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई जारी राखेको छ ।

बुधवार चौथो दिन पनि सेनाले स्थानीयसँगको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखेको हो ।

सेनाका अनुसार सिदिङ्गवा गाउँपालिका–६, मेहेलेमा विस्थापित नागरिकहरूलाई वितरण गर्नका लागि राहत सामग्री तथा औषधि ल्याइएको छ ।

घाइते तथा बिरामीहरूको उपचारका लागि औषधिजन्य सामग्री विराटनगरबाट नेपाली सेनाको हेलिकप्टरद्वारा ढुवानी गरिएको सेनाले जनाएको छ ।

त्यस्तै, मेहेलेको पहिरोमा परी निधन भएका दुई जनाको शव हेलिकप्टरबाट झापा पुर्‍याई आफन्तलाई बुझाइएको छ । साथै घाइते एक जनालाई पनि सोही हेलिकप्टरमार्फत उद्धार गरिएको सेनाले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्