साफ च्याम्पियनसिप फूटबल प्रतियोगितामा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।
भारतमा भएको खेलमा कुवेतले पहिलो हाफको २३, ४१ र ६५ औं मिनेटमा गोल गरेको थियो ।
खेलको ६८ औं मिनेटमा नेपालका अञ्जन विष्टले एक गोल फर्काएका थिए ।
प्रतियोगितामा नेपाल भारत, पाकिस्तान समूह ए मा छन् । कुवेतलाई भने अतिथिका रूपमा प्रतियोगितामा सहभागी गराइएको हो । अतिथिकै रूपमा बोलाइएको लेबनान अर्को समूहमा छ ।