×

NMB BANK
NIC ASIA

युरोप पठाउने बहानामा ठगीको जालो, वैदेशिक रोजगारीसम्बन्धी ठगीमा दैनिक १०० उजुरी

काठमाडाैं | असार ७, २०८०

NTC
Premier Steels

फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने दोलखाको वैत्यश्वर नगरपालिका–३ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका– १३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले पक्राउ गर्‍यो ।

Muktinath Bank

प्रहरीले उनलाई जेठ १६ गते ललितपुर महानगरपालिका– ३ पुल्चोकबाट पक्राउ गरेको थियो । उनले फुर्पा शेर्पासहित ४ जनाबाट ४० लाख रुपैयाँ ठगी गरेको अभियोग छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाख्रिनले फ्रान्स जान प्रतिव्यक्ति १७ लाख रुपैयाँ लाग्ने र मासिक १ लाख रुपैयाँ तलब हुने भन्दै प्रलोभनमा पारेर ४० लाख रुपैयाँ ठगी गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरिएको थियो ।

Vianet communication

....

सर्बिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गरेको अभियोगमा जेठ १५ गते अपराध अनुसन्धान कार्यालयले नै एक जनालाई पक्राउ गरेको थियो । 

सर्लाहीको हरिवन नगरपालिका– ५ घर भई काठमाडौंको तीनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकीलाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरिएको हो ।

सर्बिया जान प्रतिव्यक्ति साढे ५ लाख रुपैयाँ लाग्छ भन्दै ४ जनाबाट १२ रुपैयाँ ठगी गरेका अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सर्बियामा कृषिमा काम लगाइदिने र पारिश्रमिक मासिक एक लाख रुपैयाँ हुने प्रलोभन देखाएर ठगी गरेको वैदेशिक रोजगार विभागमा परेको उजुरीमा उल्लेख छ ।

......

यसैगरी संयुक्त अरब इमिरेटस् (यूएई)को दुबईमा मासिक १ लाख तलब हुने भन्दै साढे ४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा झापाको दमक नगरपालिका– १० घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– ८ बस्ने ४५ वर्षीय मुनादेवी कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । 

वैदेशिक रोजगार विभागले गरेको पत्राचारका आधारमा उनलाई जेठ २२ गते काठमाडौं महानरपालिका– ११ बबरमहलबाट पक्राउ गरिएको थियो । 

अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार दुबईमा बाइक राइडरमा जागिर लगाइदिने बहानामा ठगी गरेको भन्दै उमेश श्रेष्ठले विभागमा दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसीका अनुसार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा वैदेशिक रोजगारीसम्बन्धी १६५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाले कुल १२ करोड ९२ लाख रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख थियो । त्यसमध्ये ५२ जनालाई कारवाही भइसकेको र ३ करोड ३४ लाख ४५ हजार रुपैयाँ असुलउपर गरेको एसएसपी डा. केसीले जानकारी दिए । 

‘घरको चुलो जलाउनका लागि वैदेशिक रोजगारीमा जान खोज्नेलाई ठग्नेहरूविरुद्ध कारवाही चलाएका छौं,’ एसएसपी केसीले लोकान्तरसँग भने, ‘उनीहरूको पीडा सुनिदिने कोही हुँदैन । त्यस्ताको पीडा प्रहरीले सुन्नुपर्छ भन्ने मलाई लाग्छ ।’

खाडी मुलुक जानका लागि पैसा बुझाउनेहरूलाई ठग्नेविरुद्ध कारवाही केन्द्रित रहेको उनको भनाइ छ ।​

दैनिक १०० जनाको उजुरी आउँछः गुरुदत्त घिमिरे, वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीका अनुसार दैनिक सरदर एक सय जनाको उजुरी आउने गरेको छ ।

‘विदेशबाट इमेलमार्फत तथा भाइबरमा, विभागमै उपस्थित भएर तथा प्रहरीमार्फत आउने उजुरीको संख्या दैनिक १ सय हाराहारीमा छ,’ प्रवक्ता घिमिरेले भने । विभागमा आएका उजुरीहरू अधिकांश मिलापत्र गरेर पठाउने गरेको प्रवक्ता सुवेदीले बताए ।

वैदेशिक रोजगार विभागको तथ्यांकमा आर्थिक वर्ष २०७९/८० को वैशाख महिनाको अन्त्यसम्ममा वैदेशिक रोजगारीसम्बन्धी ठगीका १ हजार ६२० उजुरी परेका छन्, त्यसमध्ये विभागले १६१ वटा मुद्दा दायर गरेको छ ।

२४९ वटा उजुरीका सम्बन्धमा मिलापत्र भएको विभागले जनाएको छ । अहिलेसम्म १८ करोड ७७ लाख रुपैयाँ बराबरको मिलापत्र गरेको प्रवक्ता सुवेदीले लोकान्तरलाई बताए ।

विभागका अनुसार भिजिट भिसामा गएकाहरूको २७ वटा उजुरी परेको छ भने ३ जनालाई विभागले उद्धार गरेको छ ।

विभागका प्रवक्ता सुवेदीका अनुसार खाडी जान खोज्दा ठगिएको भन्दै कम संख्यामा मात्र उजुरी आउने गरेका छन् ।

‘खाडी मुलुक जानेहरू पीडित भएको खण्डमा अधिकांश पठाउने संस्थाले नै मिलाउने भएकाले कमै आउने गरेका छन्,’ प्रवक्ता सुवेदीले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x