२८ असार २०८३, आइतबार

नेप्से चार दशमलव ७५ अङ्कले बढ्यो

असार ७, २०८०
काठमाडौं
नेप्से चार दशमलव ७५ अङ्कले बढ्यो

शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो लागेर तीन सय ८५ दशमलव ८१ मा सिमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ । 

कुल ८० लाख आठ हजार दुई सय ४६ कित्ता शेयर रू तीन अर्ब ४४ करोड ४८ लाख ६२ हजार पाँच सय एक मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार, सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रू २९ करोड ६३ लाख ८२ हजार सात सय ३८ बराबरको कारोबार भएको छ । 

हिमालयन डिस्टिलरी रू १५ करोड दुई लाख ७६ हजार एक सय ८७, शिवम् सिमेन्ट रू १४ करोड ७५ लाख ४२ हजार एक सय ८३, आइजीआई पुडेन्सियल इन्स्योरेन्स रू १३ करोड २३ लाख ५४ हजार सात सय ८७ र नागरिक लगानी कोष रू १२ करोड ५४ लाख ६१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्