०२ साउन २०८३, शनिबार

आगामी छ महिनाभित्रै हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण

असार १३, २०८०
काठमाडौं
आगामी छ महिनाभित्रै हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण

आगामी छ महिनाभित्र हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ ।​

हेटौँडा अस्पतालले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा शुरु गर्ने तयारी गरेको हो ।​

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरद्वारा आयोजित अङ्गदान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले छ महिना भित्र अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी गरिरहेको जानकारी दिए । उनका अनुसार मिर्गौला प्रत्यारोपणको तयारीस्वरुप हेटौँडा अस्पतालमा पूर्वाधार निर्माणसँगै आवश्यक उपकरण खरिदको कार्य भइरहेको छ । 

चालु आर्थिक वर्षमा प्रदेश सरकारले हेटौँडा अस्पताललाई प्रत्यारोपण सेवा शुरु गर्न अनुदानस्वरुप रू नौ करोड उपलब्ध गराएको छ । उक्त रकम उपकरण खरिद र पूर्वाधार निर्माणमा खर्च हुनेछ । प्रदेश सरकारले आगामी वर्ष २०८०/८१ को बजेटमा पनि प्रत्यारोपण सेवा शीर्षकमा रू चार करोड विनियोजन गरेको छ । 

डा. सापकोटाका अनुसार हेटौँडा अस्पतालले तीन वर्षदेखि डायलासिस सेवा दिँदै आएको छ । महिनामा ५० जनासम्म मिर्गौलाका बिरामीले डायलासिसका लागि पालो कुर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको उनले जानकारी दिए । डायलासिस गर्न आउने बिरामीका लागि थप १५ डायलासिस मेसिन थप्नुपर्ने आवश्यक रहेको डा. सापकोटाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्