
चीन भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तस्थित एयरलाइन्सको अवलोकन गरेका छन् । नेपाली प्रतिनिधिमण्डलसहित एयरलाइन्स पुगेका श्रेष्ठले एयरलाइन्सको अपरेसन सेन्टरको अवलोकन गरेका हुन् ।
त्यसअघि उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टी, सिचुवान एयरलाइन्स ग्रुपका अध्यक्ष श्र चुईबीच छेन्दुस्थित कार्यालयमा भेटवार्ता भएको थियो।
छेन्दुमा आयोजित ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’मा विशेष अतिथिको रूपमा सहभागी हुन उनी गत मंगलवार चीन प्रस्थान गरेका थिए ।
त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटघाटमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ जस्ता विषयमा सकारात्मक छलफल भएको थियो।

