०५ असार २०८३, शुक्रबार
काठमाडौंमा बढ्दो अपराध

राजधानीमा अपराध : पढेलेखेकालाई अनपढले ठग्ने प्रवृत्ति बढ्यो – प्रहरी

असार १५, २०८०
काठमाडौं
राजधानीमा अपराध : पढेलेखेकालाई अनपढले ठग्ने प्रवृत्ति बढ्यो – प्रहरी

काठमाडौंमा विभिन्न प्रकारका ठगी र आर्थिक अपराध बढेको पाइएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले काठमाडौं जस्तो देशको राजधानीमा  ठगी र चेक बाउन्सको अपराध बढेको बताए । 

‘काठमाडौं जस्तो शिक्षितहरू बस्ने ठाउँमा पनि चेक बाउन्स र ठगीका केशहरू बढेका छन्,’ एसएसपी कार्कीले आज (शुक्रवार) आयोजित पत्रकार सम्मलेनमा भने, ‘पछिल्लो समयम हामीले त्यसलाई मध्यनजर गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’ विभिन्न बहानामा विनापैसाको चेक दिएर ठगी भइरहेको प्रहरीले जनाएको छ ।

एसएसपी कार्कीले पढेलेखेका र व्यवसाय गरेका नागरिकलाई अनपढ र व्यवसाय नगर्ने व्यक्तिहरूले ठगी गरिरहेको बताएका छन् । ‘नक्कली डाक्टरले सक्कली डाक्टर ठग्ने, व्यवसाय नगरेको व्यक्तिले व्यवसायी ठग्ने खालको प्रवृत्ति देखिएको छ,’ एसएसपी कार्कीले भने ।

अहिले देखिएको प्रवृत्तिलाई समयमै जनचेतना जगाउने र कानूनको दायरामा नल्याएको खण्डमा यस्ता अपराधको भयावह हुने अवस्था रहेको प्रहरीले बताएको छ ।

काठमाडौं प्रहरी परिसका अनुसार मानिसहरूले चेकलाई सामान्यरूपमा लिएर खातामा पैसा नभएको चेक दिने प्रवृत्तिको विकास भएको छ ।
नगद र चेकको कारोवार एउटै भएकाले कानूनको दायरामा समान हुने एसएसपी कार्कीले बताए ।

पछिल्लो समयमा वैदेशिक रोजगारको नाममा, शैक्षिक कन्सल्टेन्सी तथा शैक्षिक परामर्शका नाममा, अनलाइन सामान बेचबिखन र सामाजिक सञ्जालमा विभिन्न प्रलोभन पार्ने हिसाबले ठगी भएको प्रहरीले जनाएको हो ।

आर्थिक वर्ष २०८९/०८० मा काठमाडौं प्रहरीमा मात्रै ८ हजार ४ सय ४२ चेक अनादरका उजुरी परेको छन् । ठगीमा यो आर्थिक वर्षमा ३ सयभन्दा धेरै उजुरी परेको छ । एसएसपी कार्कीका अनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो ।

salt training

कमेन्ट गर्नुहोस्