२१ असार २०८३, आइतबार

किन भयो बाबुराम भट्टराईको अष्ट्रेलिया भ्रमण स्थगित ?

कात्तिक २०, २०७४
किन भयो बाबुराम भट्टराईको अष्ट्रेलिया भ्रमण स्थगित ?
काठमाडौं, २६ भदौ– पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईको अस्ट्रेलिया भ्रमण स्थगित भएको छ । यसै महिनाको २१, २२ र २३ तारिखमा अष्ट्रेलियामा हुने भनिएको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाले जनाएको छ ।

डा. भट्टराई अष्ट्रेलियामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुने तयारी भएको भएपनि स्वास्थ्यमा समस्या आएकाले कार्यक्रम स्थगन गरिएको समाजले जनाएको छ ।

गोरखाको कार्यक्रममा जाने क्रममा स्वास्थ्यमा समस्या आएपछि डाक्टररुको सल्लाहमा केही समय आराम गर्नुपर्ने र लामो हवाई यात्रा नगर्न चिकित्सकले सल्ला दिएका कारण सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

यस अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष असार ८ मा गर्न लागेको अष्ट्रेलियाको भ्रमण अचानक स्थगित गरेका थिए । 

अष्ट्रेलियमा प्रचण्ड विरुद्ध एक नेपालीले न्यू साउथ वेल्सका प्रधानमन्त्री माइक वार्डको कार्यालयलाई प्रचण्ड विरुद्ध उजुरी दिएको र भ्रमण रोक्न अाग्रह गरिएका समाचारहरु सार्वजनिक भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्