
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध गरेका छन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमा तीन दलका सांसद उठेर विरोध जनाएका हुन् ।
त्यसपछि एमालेका रघुजी पन्तलाई बोल्न सभामुखले बोल्न समय दिएका छन् । प्रचण्डको अभिव्यक्तिले देश रोइरहेको उनले बताए ।
सोमवार साँझ किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन समारोहमा प्रचण्डले नेपालको सरकार गठनमा भारतीय पक्ष हाबी हुने गरेको बजार हल्लालाई पुष्टि हुनेगरी अभिव्यक्ति दिएका थिए ।
प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह धेरैपटक दिल्ली गएको बताएका थिए ।