०३ असार २०८३, बुधबार

नाला अतिक्रमण गरी बनाइएको संरचनामा चल्यो महानगरको डोजर

असार २२, २०८०
पर्सा
नाला अतिक्रमण गरी बनाइएको संरचनामा चल्यो महानगरको डोजर

पर्साको वीरगञ्जस्थित बजार क्षेत्रका मुख्य नाला अतिक्रमण गरी बनाइएको संरचना महानगरपालिकाले आज भत्काएको छ । 

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना भत्काउँदै आएको महानगरपालिकाले आज वीरगञ्जको आदर्शनगर क्षेत्रस्थित मुख्य नाला अतिक्रमण गरी बनाइएको संरचना डोजर लगाएर भत्काएको हो । महानगरपालिकाले वीरगञ्ज महानगरपालिका १० आदर्शनगरस्थित होटल ओम रेसिडेन्सीको भवन, आश्विनी शर्माले निर्माण गरेको भवन र सत्यनारायण रौनियारले निर्माण गरेको भौतिक संरचना डोजर लगाएर हटाइएको वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियाले जानकारी दिए । 

मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला मिसिएर जिल्ला प्रशासन कार्यालय छेउबाट बन्दै आएको नाला अतिक्रमण गरी स्थानीयले संरचना निर्माण गरेका छन् । नाला अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउन पटकपटक आग्रह गर्दा सुनुवाइ नभएपछि डोजर लगाएर हटाउन थालेको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए । 

महानगरले राष्ट्रिय वाणिज्य बैंक पछाडितर्फ पनि हरिखेतान क्याम्पससम्मको क्षेत्रमा पर्ने मुख्य नालामा परेका संरचना हटाउँदै नाला सफाइ गर्ने क्रम अगाडि बढाएको हो । 

नाला अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन हरिखेतान क्याम्पसलाई निर्देशन दिएको र अटेर गरेर डोजर लगाएर हटाइने महानगर प्रमुख सिंहले बताए । 

salt training

कमेन्ट गर्नुहोस्