काठमाडौँ, २७ भदौ - अनिल शर्मा नेतृत्वको नेपाल जनता पार्टी र किशोरकुमार विश्वास नेतृत्वको बहुल राष्ट्रिय समाजवादी पार्टीबीच एकीकरण भएको छ ।
एकीकृत पार्टीको नाम नेपाल जनता पार्टी नै कायम भएको छ र अध्यक्षमा शर्मा र वरिष्ठ नेतामा विश्वास चयन हुनुभएको छ । सो पार्टीले सोमबार जारी गरेको विज्ञप्तिमा एकतापछिको पहिलो राष्ट्रिय कार्यकारिणी समितिको बैठकले निर्वाचनमा सत्ताको दुरुपयोग नगर्न, प्रदेश र संघको निर्वाचनमा मतसीमा नराख्न र मुलुकका सुशासन कायम गर्न माग गरेको छ । रासस