०८ साउन २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डको आग्रहमा संसद् बैठक २ घण्टा पछि सर्‍यो

असार २४, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्डको आग्रहमा संसद् बैठक २ घण्टा पछि सर्‍यो
फाइल तस्बिर

प्रतिनिधि सभा बैठक २ घण्टा पछि सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले बैठक दुई घण्टा पछि सारेका हुन् । 

यसअघि दिउँसो १ बजे बैठक बस्ने तय भएको थियो । अब भने प्रतिनिधि सभा बैठक दिउँसो ३ बजे बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ । 

एमालेको अवरोधका कारण संघीय संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन् । सदनको अवरोध खुलाउन प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भइरहेको छ ।

संघीय संसद्‍का दुवै सदनमा प्रतिपक्षीको अवरोध जारी रहेका बेला आइतवार बिहान तीन दलका शीर्ष नेताहरूबीच सम्वाद भएको हो । 

सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो ।

 

salt training

कमेन्ट गर्नुहोस्