२९ असार २०८३, सोमबार

वानएक्स बेट प्रकरण: मुख्य अभियुक्त दिनेशले पक्राउ गर्दा प्रहरीको नाक फुटाए, सिम चपाए

असार २५, २०८०
काठमाडौं
वानएक्स बेट प्रकरण: मुख्य अभियुक्त दिनेशले पक्राउ गर्दा प्रहरीको नाक फुटाए, सिम चपाए
फाइल तस्वीर : दिनेशसहित पक्राउ परेका अभियुक्तहरू ।

वान एक्स बेट प्रकरणका मुख्य अभियुक्त दिनेश खड्काले पक्राउ पर्नुअघि​ ल्याप्टप फुटाएको खुलेको छ । प्रहरीले पक्राउ गरेर गाडीमा ल्याइरहेका बेला उनले ३३ थान सिम कार्डसमेत टोकेर टुक्रा बनाई फालेका हुन् ।

उनले पक्राउ गर्न गएका प्रहरी अधिकारीलाई आक्रमणसमेत गरेको जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं  जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेख छ । अभियोग पत्रमा उल्लेख भएअनुसार उनको आक्रमणबाट प्रहरीको नाकमा गम्भीर चोट लागेको थियो । 

'प्रतिवादी दिनेश खड्का र अनिता धिताल (उनको श्रीमती)को डेरामा गई हामी प्रहरी हौँ भनी आफ्नो परिचयपत्र देखाउँदा निजहरूले एक्कासि टेबलमा रहेको ल्याप्टप, मोबाइल समेतका सामग्रीहरू प्रमाण नष्ट गर्ने उद्देश्यले भुइँमा बजारी फुटाई टुक्रा टुक्रा परेको र खटी गएको प्रहरी टोलीलाई प्रहार गरी प्रहरी वरिष्ठ नायब निरीक्षक गोपाल खत्रीको नाक र दाहिने हातको साइली औंलामा चोटसमेत  लागेको छ,' अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी खड्का र धितालको साथबाट बरामद भएको ३३ थान सिमकार्डहरू खड्काले चपाई टोकी फालेर नष्ट गरेको समेत अभियोगपत्रमा उल्लेख छ ।

'प्रतिवादी खडकालाई प्रहरीकै गाडीमा राखी मिनभवनदेखि टेकुसम्म ल्याउँदा कसैले थाहा नपाउने गरी प्रहरीलाई समेत झुक्याई उक्त सिम कार्डहरू चपाई टोकी टुक्रा टुक्रा पारी काम नलाग्ने बनाई फाली प्रमाण नष्ट गरेको,' अभियोग पत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्