
नेकपा एामलेका सांसद गोकुल बास्कोटाले वर्तमान सत्ता गठबन्धनले कोशी प्रदेशमा संवैधानिक कु गरेको आरोप लगाएका छन् । सोमवार प्रतिनिधि सभा बैठकको शुरूमै बोल्ने क्रममा गठबन्धनले कोशीमा संवैधानिक कु गरेको आरोप लगाए ।
'सत्ता गठबन्धनले बालुवाटारमा बैठक गरेर कोशीको सरकारमाथि राजनीतिक कु गर्ने काम गर्यो । संविधान च्यात्ने काम गर्यो,' उनले भने ।
कोशीमा सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षर पेश गरी कांग्रेस-माओवादीसहितका दलले उद्धव थापालाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । उनी त्यही हस्ताक्षरका आधारमा मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश सभामा विश्वासको मत नपाएपछि एमाले नेतृत्वको हिक्मत कार्की सरकार ढलेको थियो ।