×

NMB BANK
NIC ASIA

अधिक तरलता

वाणिज्य बैंकहरूमा थुप्रियो ४ खर्ब बढी लगानीयोग्य रकम, साउनपछि कर्जा विस्तारमा आक्रामक हुने

काठमाडाैं | असार २८, २०८०

NTC
Premier Steels

वाणिज्य बैंकहरूमा लगानीयोग्य रकम (अधिक तरलता) अस्वाभाविक ढंगले बढेको छ । 

Muktinath Bank

असारमा बढेको सरकारी खर्च, चालू आर्थिक वर्षको ब्यालेसन्सिट मेन्टेन गर्न रोकिएको कर्जा लगानी आदि कारणले वाणिज्य बैंकहरूमा तरलता थुप्रिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी सामान्यतया असार महिनामा बर्सेनि तरलता थुप्रिने गरेको बताउँछन् । गत वर्ष कम भएको तरलताको तुलनामा यो वर्ष उल्लेख्यरूपमा तरलता बढेको देखिएको केसीको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार २५ असारसम्ममा समग्र वाणिज्य बैंकहरूमा मात्रै यस्तो अधिक तरलता ४ सय अर्ब (४ खर्ब) रुपैयाँभन्दा बढी पुगेको छ । अहिले देखिएको अधिक तरलताले आगामी आर्थिक वर्षको नीतिलाई खुकुलो बनाउन सहयोग पुग्ने बुझाइ केसीको छ ।

Vianet communication

चालू आर्थिक वर्षमा भने शुरूदेखि नै तरलता अभाव हुँदा बैंकहरूले अपेक्षाअनुसार कर्जा विस्तार गर्न सकेनन् । केन्द्रीय बैंकले चालू आर्थिक वर्षका लागि १२ प्रतिशत कर्जा विस्तारको सीमा दिएको भए पनि असारसम्ममा पनि लक्ष्यको तुलनामा आधा मात्रै कर्जा विस्तार हुन सकेको छ ।  

चालू आर्थिक वर्षको अन्त्यमा थुप्रिएको यस्तो तरलताले अगामी आवमा (साउनपछि) ऋणको मागअनुसार लगानी गर्न बैंकहरूलाई सहज हुने पनि नेपाल बैंकर्स संघको भनाइ छ ।

अहिलेको तथ्यांकले गत वर्षको जस्तो तरलता अभाव आगामी आर्थिक वर्ष २०८०/८१ मा हुँदैन भन्ने अनुमान भइरहेको केसीले बताए । 

राष्ट्र बैंकले मौद्रिक नीति ल्याएपछि बैंकहरूले कर्जाको विस्तारलाई गति दिने छन् । लगानीसम्बन्धी केन्द्रीय बैंकको नीति हेरेर थप वातावरण बन्ने अपेक्षाले पनि असारमा कर्जा विस्तार कम हुने गरेको केसीको भनाइ छ ।

अहिलेसम्मको अवस्थाअनुसार आगामी आर्थिक वर्षमा तरलता सहज हुने अनुमान गर्न सकिन्छ ।

सरकारको पुँजीगत खर्च असारमै बढ्ने र यो वर्षको असारसम्ममा पनि अपेक्षाअनुसार ऋण प्रवाह हुन नसकेका कारण पनि अधिक तरलता थुप्रिएको नेपाल बैंकर्स संघले बताएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २४ असारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा ५७ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । 

यस्तो निक्षेपमा अहिलेसम्मको कर्जा निक्षेपको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको हिस्सा सबैभन्दा बढी छ । वाणिज्य बैंकहरूले मात्रै ५० खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४३ खर्ब १ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । 

अहिले बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२.०३ प्रतिशत छ भने अन्तर बैंक ब्याजदर पनि १.३६ प्रतिशत मात्रै छ । सीडी रेसियो र अन्तर बैंक ब्याजदर तरलता जति धेरै थुप्रियो उति कम हुँदै जान्छ । 

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल असार १२ पछाडि बैंकिङ प्रणालीमा तरलता बढेको बताउँछन् । १२ असारमा बैंकहरू दैनिक तरलता मेन्टेन गर्न पनि असहज अवस्थामा पुगेको भए पनि त्यसपछि तरलतामा बढेको उनले बताए । 

पछिल्लो समय तरलता बढेकै कारण अन्तरबैंक ब्याजदर एकै दिनमा ३ प्रतिशतबाट १.३६ प्रतिशतमा झरेको छ । बैंकहरूमा तरलता अभाव भएको समयमा अन्तरबैंक ब्याजदर ७ प्रतिशतसम्म पुगेको थियो । 

बैंकहरूमा जति तरलता बढ्यो उति नै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कम हुँदै जान्छ । दुई साता अगाडिसम्म बैंकहरूमा सीडी रेसियो मेन्टेन गर्न नपुग्ने रकम भएकाले अहिले अधिक तरलताका कारण ८८/९० प्रतिशत पुगेको सीडी रेसियो अहिले ८२ प्रतिशतमा झरेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । अन्तरबैंक ब्याजदर घट्ने तथा बैंकहरूले पनि कर्जा लगानीमा प्रतिस्पर्धा गर्ने हुँदा ब्याजदर पनि घट्ने गरेको छ ।

राष्ट्र बैंकले धेरै रकम रिभर्स रिपोमार्फत फिर्ता पनि नलिएको हुँदा अहिलेको तथ्यांकले तरलताको अवस्था राम्रो देखाउँछ । यसले वित्तीय क्षेत्रलाई दबाब भने थपिएको छ । 

बैंकहरूको खराब कर्जाको दर बढेका कारण वित्तीय क्षेत्रलाई दबाब परिरहेको छ । 

निक्षेप थुप्रिनु, कर्जा विस्तार कम हुनु र खराब कर्जा बढ्नु वित्तीय क्षेत्रका लागि राम्रो नहुने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x